चितवन (अस) । चितवनमा टाटा मोटर्सद्वारा आयोजित टाटा मोटर्स एक्सचेन्ज क्याम्प सुरु भएको छ । क्याम्प माघ १० गतेदेखि बुधबार माघ १२ गतेसम्म जारी रहनेछ । टाटाको प्यासेन्जर भेहिकलका लागि चितवन क्षेत्रको आधिकारिक बिक्रेता शेखर मोटर्स भरतपुर–१० रिजाल चोकमा एक्सचेन्ज क्याम्प भइरहेको कम्पनीले जानकारी दिएको छ ।
एक्सचेन्ज क्याम्पमा ग्राहकले विशेष अफर प्राप्त गर्न सक्ने शेखर मोटर्सका प्रबन्ध निर्देशक शेखर धरेलले बताए । एक्सचेन्ज क्याम्पमा सहभागी भएर टाटाका जुनसुकै गाडी बुकिङ गर्दा ग्राहकले हेलिकोप्टरबाट साइडसिनको अवसर प्राप्त गर्नेछन् । एक्सचेन्ज क्याम्पमा ग्राहकले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादन अल्ट्रोज, एच फाइभ, नेक्सन, नेक्सन ईभी, टियागो, टिगोर, एनआरजी र सफारीलगायत गाडी अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् । क्याम्पमा जुनसुकै ब्रान्ड तथा गाडीसँग टाटा गाडी एक्सचेन्ज सुविधा र टाटाका पुराना गाडीसँग एक्सचेन्ज गर्दा लोयल्टी बोनस दिइनेछ ।