टाटा मोटर्सका शोरूमहरुमा 'मनसून म्याजिक एक्सचेन्ज क्याम्प' शुरुहुँदै यस्ता छन् सुविधा

यही साउन ८ गतेदेखि टाटा मोटर्स शोरूमहरूमा मनसून म्याजिक सुरु हुने भएको छ । विद्युतीय सवारीको बढ्दो आकर्षण र मागलाई मध्ये नजर गर्दै सिप्रदी ट्रेडिङले टाटाका नेपाल भरका शोरुममा मनसून म्याजिक नाम दिइएको एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको हो । यस एक्सचेन्ज क्याम्पमा पेट्रोल वा डिजेलबाट चल्ने जुनसुकै ब्राण्डको गाडीसँग टाटाका विद्युतीय सवारी साट्न सकिने छ । अर्थात् ग्राहकले जुनसुकै ब्राण्डको गाडीसँग टाटाको नेक्सन ईभी र टिगोर ईभी साट्न सक्नेछन् । साथै, ८० प्रतिशतसम्म फाइनान्सिङ्ग सुविधा, इन्स्योरेन्स सुविधा, गाडी सम्बन्धी दक्षद्वारा परामर्श तथा सल्लाह सुझाव, निःशुल्क गाडीको थप एक्सेसोरिज सुविधा पाउने छन् । एक्सचेन्ज क्याम्पमा जुनसुकै पुरानो गाडीको पनि न्यूनतम ४ लाख मूल्यांकन गरिने कम्पनीले जनाएको छ । यो अफर सिप्रदी तथा सिप्रदीका नेपालभरि रहेका आधिकारिक टाटा मोटर्स शोरुमहरूमा सीमित अवधिका लागि मात्रै सञ्चालन हुने छ । एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनि अथवा ब्राण्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाईएका नेक्सन ईभी र टिगोर ईभी संग साट्न सकिने व्यवस्था गरिएको छ ।  उक्त व्यवस्थालाई अझ सहज बनाउने उदेश्यले शोरुममा ईन्स्योरेन्स सुविधा, बैंकिंग सुविधा का साथै गाडी मुल्यांकन गर्न विभिन्न दक्ष मुल्यांकनकर्ताहरुको पनि सहभागिता हुनेछ। टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेल बाट चल्ने सवारी साधन लाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारी संग साट्न मिल्ने गरी एउटै शोरुम बाट व्यवस्था गरिएको छ ।  चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मुल्यांकन, सरल फाइनान्सको सुविधा, ईन्स्योरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफर हरु पनि पाईनेछ। यो कार्यक्रम सिमित अवधिका लागि टाटा मोटर्सका शोरुमहरुमा मात्र लागु गरिएको जनाईएको छ।

सम्बन्धित सामग्री

सिप्रदीको ‘ह्याप्पीनेस विक–एण्ड एक्सचेन्ज क्याम्प’

काठमाडौं । सिप्रदीले आफ्ना आधिकारिक टाटा मोटर्स शोरूममा ‘ह्याप्पीनेस विक–एण्ड’ विशेष एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने भएको छ । कम्पनीले शुक्रवार (आज), शनिवार र आइतवार गरी तीन दिन क्याम्प सञ्चालन गर्ने भएको हो । एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्राण्डको गाडीसँग टाटा मोटर्सका २०२३ मोडेलका नेक्सन ईभी र टिगोर ईभीसँग साट्न सकिने व्यवस्था गरिएको कम्पनीको भनाइ छ । उक्त व्यवस्थालाई अझ सहज बनाउने उद्देश्यले शोरुममा बैंकिङ सुविधा, इन्स्योरेन्स सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मूल्यांकनकर्ताको पनि सहभागिता रहने बताइएको छ । क्याम्पमा बजारको मूल्यभन्दा विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा र साथै हरेक गाडी हस्तान्तरणमा उपयुक्त पार्टपुर्जा निःशुल्क उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।

टाटा मोटर्सको एक्सचेन्ज क्याम्प

काठमाडौं । सिप्रदीले सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरूमहरूमा ‘द इलेक्ट्रिफाइङ एक्सचेन्ज’ क्याम्प शुक्रवारदेखि शुरू गरेको छ । क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारीसाधनलाई टाटा मोटर्सका विद्युतीय सवारीसाधनसँग साट्ने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ । क्याम्पमा बजार मूल्यभन्दा विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा र  हरेक गाडी हस्तान्तरणमा गाडीका उपयुक्त पार्टपुर्जा नि:शुल्क उपलब्ध गराइँदै आएको कम्पनीको भनाइ छ ।  विभिन्न अफर पनि रहेको क्याम्प आइतवार (आज) सकिँदै छ ।

चितवनमा टाटा मोटर्सको तीन दिने एक्सचेन्ज क्याम्प

चितवन (अस) । चितवनमा टाटा मोटर्सद्वारा आयोजित टाटा मोटर्स एक्सचेन्ज क्याम्प सुरु भएको छ । क्याम्प माघ १० गतेदेखि बुधबार माघ १२ गतेसम्म जारी रहनेछ । टाटाको प्यासेन्जर भेहिकलका लागि चितवन क्षेत्रको आधिकारिक बिक्रेता शेखर मोटर्स भरतपुर–१० रिजाल चोकमा एक्सचेन्ज क्याम्प भइरहेको कम्पनीले जानकारी दिएको छ । एक्सचेन्ज क्याम्पमा ग्राहकले विशेष अफर प्राप्त गर्न सक्ने शेखर मोटर्सका प्रबन्ध निर्देशक शेखर धरेलले बताए । एक्सचेन्ज क्याम्पमा सहभागी भएर टाटाका जुनसुकै गाडी बुकिङ गर्दा ग्राहकले हेलिकोप्टरबाट साइडसिनको अवसर प्राप्त गर्नेछन् । एक्सचेन्ज क्याम्पमा ग्राहकले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादन अल्ट्रोज, एच फाइभ, नेक्सन, नेक्सन ईभी, टियागो, टिगोर, एनआरजी र सफारीलगायत गाडी अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् । क्याम्पमा जुनसुकै ब्रान्ड तथा गाडीसँग टाटा गाडी एक्सचेन्ज सुविधा र टाटाका पुराना गाडीसँग एक्सचेन्ज गर्दा लोयल्टी बोनस दिइनेछ ।