जिल्ला अस्पतालमा समेत पर्याप्त उपकरण नहुँदा मध्यम खालका बिरामीलाई सहरका अस्पतालमा पठाउनु पर्ने दुर्गमका स्वास्थ्य चौकी तथा अस्पतालको नियती पछिल्लो समय भने बिस्तारै कम हुदै आएको छ ।
२५ माघ, काठमाडौं । नेपालमा पहिलो पटक किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ स्थापना भएको छ । सरकारी स्तरको एक मात्र मानसिक अस्पतालमा किशोरकिशोरीको मनोचिकित्सा तथा मानसिक स्वास्थ्य उपचारका लागि इकाईको स्थापना भएको हो । मानसिक अस्पताल र बालअधिकारमुखी संस्था सिविन नेपालको सहकार्यमा किशोर किशोरीका लागि छुट्टै मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको इकाई १२ […]
भोजपुर – भौगोलिकरुपमा जिल्लाको विकट मानिने उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाको तीन स्थानमा आधारभूत सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित रहेका यहाँका तीन स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले सडकसम्म विस्तार नभएको ओखरबोटे र याङ्माका स्थानीयलाई लक्षित गरेर वडा न ६ याङमा र थुम्लुङ […]
दाङ । दाङकाे तुलसीपुर उपमहानगरपालिकाले नागरिकहरूलाई स्वास्थ्य सेवा पुर्याउनका लागि १९ वटै वडाहरूमा स्वास्थ्य केन्द्र स्थापना गरेकाे छ । संघीय सरकारबाट हस्तान्तरण भएर आएका ८ वटा स्वास्थ्य चौकी र उपमहानगरले ११ वटा नगर स्वास्थ्य केन्द्र स्थापना गरेको हाे । तर वडा नम्बर ९ र ५ मा भने स्वास्थ्य केन्द्र अहिले पनि भाडाको घरमा रहेका छन् […]
म्याग्दीको मंगला गाउँपालिका– १ स्थित पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न महायज्ञ सुरु भएको छ। प्राथमिक स्वास्थ्य सेवा लिनसमेत घण्टौं पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेको र सरकारी तवरबाट कुनै पहल नभएपछि...
यसअघि सिसहनियामा स्वास्थ्य मन्त्रालय स्थापना गरिएको थियो। मन्त्रालय र निर्देशनालय मिलेर प्रदेशभरि स्वास्थ्य सेवा प्रवाहको काम गरिने स्वास्थ्य सचिव विकास देवकोटाले जानकारी दिए।
सिमकोट – हुम्लाको सिमकोट गाउँपालिकाले आफ्ना वडाभित्रका सबै स्वास्थ्यचौकीहरूमा ‘पोषण कर्नर’ स्थापना गरेको छ। सिमकोट गाउँपालिका-२ को ठेहे स्वास्थ्य चौकीका ईन्चार्ज दानबहादुर बोहराका अनुसार गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्यमा सुधार ल्याउन र पोषण तत्व युक्त खानेकुराको बानी पार्न पहिलो पटक स्वास्थ्य चौकीमा पोषण कर्नर स्थापना गरिएको हो। स्वास्थ्य चौकीकै एउटा कोठामा सो कर्नर स्थापना […]
आजकै दिन अर्थात सन् १९४८ को ७ अप्रिलमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को स्थापना भएको थियो । विश्वव्यापी रोग र महामारीसँग जुध्न तथा स्वास्थ्य नीति निर्माण गर्न यस संस्थाको स्थापना भएको हो । हरेक वर्ष ७ अप्रिललाई विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ । विश्व स्वास्थ्य दिवस डब्लूएचओ र अन्य सम्बन्धित संस्थाहरूको प्रायोजनमा हरेक वर्ष ७ अप्रिलमा मनाइने विश्वव्यापी स्वास्थ्य सचेतना दिवससमेत हो । सन् १९४८ मा डब्लूएचओले पहिलो विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेको थियो । सभाले सन् १९५० देखि लाग
काठमाण्डौ - काठमाण्डौको चन्द्रागिरी नगरपालिकाको नागढुङ्गामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना भएको छ ।
विश्वका विभिन्न देशसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण फैलिएपछि काठमाण्डौ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको चन्द्रागिरीको नागढुङ्गामा स्वास्थ्य जाँच केन्द्र स्थापना गरिएको हो।
केन्द्रमा त्यही नाका हुँदै काठमाण्डौ उपत्यका भित्रिने गाडीका चालक, सहचालक तथा कर्मचारीको स्वास्थ्य जाँच गरिने छ ।
चन्द्रागिरीमा दुई हजार ३७९ जनालाई कोरोना सङ्क्रमण देखिएको नगरपालिकाका प्रवक्...