अस्पताल पुग्न भ्याउँदैनन् दुर्गमका बिरामी

सामान्य रुघा खोकी लाग्दासमेत गाउँमा सिटामोल पाइँदैन । सरकारले स्वास्थ्य चौकीबाट ४० किसिमका औषधि निःशुल्क प्रदान गर्छ तर स्वास्थ्य चौकीमा कर्मचारी भेट्नै मुस्किल छ ।

सम्बन्धित सामग्री

शिविर पर्खिन्छन् दुर्गमका बिरामी

बैतडीको दशरथचन्द नगरपालिका–११ की लक्ष्मी लुहारकी छोरी उर्मिलाको हातका औंला आगोले पोलेको ११ वर्ष भयो । छोरी ३ महिनाकी हुँदा भएको दुर्घटनापछि लक्ष्मीले उपचारका लागि जिल्ला अस्पताल बैतडी ल्याएकी थिइन् । अस्पतालले थप उपचार गर्न जिल्लाबाहिर लैजान भनेको थियो । तर आर्थिक अभावले छोरीलाई कतै लैजान नसकेर घरै फर्काइन् ।

बिरामी जाँच्‍न रुकुम पुगे डा. केसी

डा. गोविन्द केसीले रुकुम पश्चिम जिल्ला अस्पतालमा पुगेर उपचार सेवा सुरु गरेका छन् । शुक्रबार बिहान १० बजे अस्पताल पुगेका अर्थोपेडिक डा. केसी दुर्गमका स्वास्थ्य संस्थामा बिरामीको उपचार गर्ने अभियानको क्रममा रुकुम पश्चिम पुगेका हुन् ।

दुर्गमका दुःख : पिँठ्यूमा बोकेर अस्पताल

दुर्गमका नागरिकको स्तरीय उपचार सेवाको त के कुरा गर्नु बिरामी पर्दा स्वास्थ्य चौकी लैजान स्ट्रेचरसम्म पाउँदैनन् । दुर्गमका अधिकांश बिरामीलाई डोको र कुर्सीमा बोकेर स्वास्थ्य चौकी पु¥याइन्छ ।