मुगु : मुग कार्मारोङ गाउँपालिका पुलु स्वास्थ्य चौकीमा कार्यरत हिमा बुढा सात महिनाको गर्भवती छिन्। तर उनलाई उपचारका लागि नेपालगञ्जसम्म पुग्न पनि निकै सकस परेको छ। ‘नेपालगञ्ज जानका लागि जहाजको पर्खाइमा बस्दाबस्दै पाँच दिन रारा विमानस्थलमा बित्यो’, उनले भनिन्।उनी मात्र होइन अहिले नेपालगञ्जबाट दैनिक उडान हुने डोल्पा, सिमिकोट, रारा, बाजुरा लगायत दुर्गमका यात्रु मारमा परेका छन् । नेपाल नागरिक उड्डययन प्राधिकरण गत साउन १४ गते बाट मुगु लगायत दुर्गम जिल्लाहरुमा दिउँसो १२ बजेपछि उडान नगरा