खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितीद्वारा सञ्चालित बस्ती बावाखेल एरिया समिति अन्तर्गत राज नगरमा टोल समिति गठन भएको छ ।
१४ मार्चको श्रमजीवी नेपालीहरुको बिचमा एउटा भेलाको आयोजना गरि भारत स्थित नेपालीहरुको अबस्था लगाएतका समसामयिक विषयहरुमा छलफल पश्चात टोल समिती गठन गरिएको हो ।
नगर सहसचिव तिलबहादुर थापा, एरिया अध्यक्ष यमबहादुर घर्ती, एरिया सदस्य हरीकला बगाले, निर्मला पाण्डे र राम बहादुर सिंजालीको संयुक्त पहल तथा मूल प्रवाहका केन्द्रीय सदस्य कुलबहादुर बगालेको विषेश उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
भेलाले ११ सदस्यीय राजनगर टोल समिति गठन गरेको छ। जसको अध्यक्ष नरेश कुमाल, उपाध्यक्ष दिपक राना, सचिव अर्जुन कुँवर, सहसचिव प्रकाश पाण्डे, कोषाध्यक्षमा बिमल पाण्डे चयन हुनुभएको छ । सदस्यहरूमा लालबहादुर, तारा कुँवर, गिता राना, तारा पाण्डे, कमलादेवी कुमाल, बेदप्रसाद परियार रहनु भएको छ ।