स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले मोरङका तीन वटा पालिकाको प्रमुखमा एक्लो उम्मेदवारको टुंगो लगाएको छ । एमालेले मोरङको रंगेली नगरपालिका, धनपालथान गाउँपालिका र जहदा गाउँपालिकाको प्रमुखको उम्मेदवारको टुंगो लगाएको हो । रंगेली नगरपालिकामा यसअघि माओवादीबाट प्रवेश गरेका रंगेलीका प्रमुख दिलिप अग्रवाललाई नै एमालेले उम्मेदवारको रुपमा अघि सारेको छ । यस्तै धनपालथानको अध्यक्षमा मुहरु मण्डल र जहदा गाउँपालिकाको अध्यक्षमा कृष्ण गिरीको नाम सर्वसम्मत गरेको छ । जहदा गाउँपालिकाको उपाध्यक्षमा पनि अनिता सो