नेपाली काँग्रेस संसदीय समिति मकवानपुरले मकवानपुरको गाउँपालिकाको प्रमुख तथा उपप्रमुखको उम्मेदवारको टुंगो लगाएको छ । गठबन्धनको निर्णय अनुसार काँग्रेसले मकवानपुरमा रहेका १० वटा पालिकामध्ये पाँच पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुख पाउने सहमति भएको थियो ।काँग्रेसले बकैया गाउँपालिकको अध्यक्षमा धर्मराज लामिछाने, मकवानपुर गढी गाउँपालिकाको अध्यक्षमा दोर्जे लामा स्याङतान, कैलाश गाउँपालिकाको अध्यक्षमा लोकबहादुर मुक्तान, राक्सिराङ गाउँपालिकाको अध्यक्षमा राजकुमार मल्ल, मनहरी गाउँपालिका अध्यक्षमा रञ्जन क