पौष शुक्ल पूर्णिमाका दिन (माघ १५ गते) बिहीवारदेखि हिन्दू धर्मावलम्बीले स्वस्थानी व्रतकथा तथा माधव नारायणको पूजा आराधना आरम्भ गर्दैछन् ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म १ महिना हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी व्रत बसे तथा कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले नयाँ नियमसहित मेला व्यवस्थापनको तयारी पूरा भएको जानकारी दिएको छ । कोभिड–१९ को महामारीका कारण माघ १५ गतेदेखि १ महिनासम्म चल्ने शालीनद...