एनआईसी एशिया बैंकले कमायो साढे ४ अर्ब रुपैयाँ खुद नाफा, खराब कर्जा ०.४९ प्रतिशतमा सीमित

काठमाडौं, साउन ५ । एनआइसी एशिया बैंकले साढे ४ अर्ब रुपैयाँ बढी खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७८ मा ४ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । एक वर्षको अवधिमा बैंकले ३९ […]

सम्बन्धित सामग्री

चौथो त्रैमासमा एनआईसी एशिया बैंकको १० प्रतिशत खुद नाफा आर्जन

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आ.व. २०७९/८० को चौथो त्रैयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । आइतबार बैंकले सार्वजनिक गरेको विवरणअनुसार चौथो त्रैयमास सम्ममा बैंकले २७१.५९ अर्ब रुपैयाँ कूल कर्जा विस्तार पुर्याएको छ भने कूल निक्षेप संकलन ३१४.३१ अर्ब रुपैयाँ गरेको छ । बैंकले ४.६५ अर्ब खुद नाफा अर्थात १० प्रतिशत आर्जन गरेको […]

एनआईसी एशिया बैंकको २ अर्ब ४० करोड खुद नाफा, अधिकांश परिसुचक उत्साहजनक

काठमाडौं, ७ माघ । एनआईसी एशिया बैंक लिमिटेडको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएको छ । बैंकले दोस्रो त्रैमाससम्ममा २ अर्ब ४० करोड २० लाख ६६ हजार खुद नाफा गरेको विवरणमा उल्लेख गरिएको छ । शुक्रवार सार्वजनिक बैंकको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा १६ दशमलव ५७ […]

बैंकिङ क्षेत्रमा रिकभरीको संकेत

काठमाडौं । कोराना महामारीका कारण प्रभावित भएको बैंकिङ क्षेत्रमा पुनरुत्थान (रिकभरी) को संकेत देखिन थालेको छ । कोरोना भाइरस नियन्त्रण गर्न २०७६ चैतयता पटकपटक लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाले बैंकिङ क्षेत्र पनि प्रभावित भएको थियो । तर, अहिले भने बैंकिङ क्षेत्र पुनरुत्थानको बाटोमा गएको छ । वाणिज्य बैंकहरूले सोमवारसम्म सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकहरूको नाफा २४ प्रतिशतले वृद्धि भएको छ । चालू आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले कुल रू. १८ अर्ब ११ करोड ७३ लाख खुद नाफा कमाएका छन्, जुन गत आवको सोही अवधिको तुलनामा ३ अर्ब ५१ करोड ३१ लाखले बढी हो । गत आवको समीक्षा अवधिमा बैंकहरूले रू. १४ अर्ब ६० करोड खुद नाफा कमाएका थिए । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूको खुद नाफा औसतमा ८ दशमलव ४ प्रतिशतले घटेको थियो । तर, चालू आवको समीक्षा अवधिमा बैंकहरूको नाफा दोहोरो अंकले नै बढेको छ । यसपालि कोरबैंकिङ व्यवसायबाट नै आम्दानी हुन थालेको माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला बताउँछन् । ‘गत आवसम्म बैंकहरूको नियमित आम्दानी त्यति थिएन । शेयर कारोबारबाट आम्दानी हुने गरेको थियो । तर, अहिले भने नियमित आम्दानीबाट नै नाफा भएको छ,’ उनले भने । अहिले भइरहेको तरलता अभावको प्रभाव भने दोस्रो त्रैमासिकमा देखिन सक्ने उनको भनाइ छ । यसपालि नाफा कमाउने मामलामा एनआईसी एशिया बैंक अगाडि देखिएको छ । समीक्षा अवधिमा एनआईसी एशियाले रू. १ अर्ब १८ करोड खुद नाफा कमाएको छ । दोस्रो स्थानमा रहेको नबिल बैंकले रू. १ अर्ब ११ करोड २२ लाख ३४ हजार र तेस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले रू. १ अर्ब ११ करोड २२ लाख २४ हजार खुद नाफा कमाएका छन् । यी बैंकहरूसहित ५ बैंकले अर्बभन्दा बढी नाफा कमाएका छन् । तिनमा राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंक रहेका छन् । ती बैंकहरूले क्रमशः १ अर्ब ५ करोड र १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएका छन् । अन्य बैंकहरूको नाफा १ अर्बभन्दा तल रहेको सम्बद्ध बैंकहरूको वित्तीय विवरणमा देखिन्छ । ४ बैंकको नाफा भने घटेको छ । तिनमा प्राइम कमर्शियल बैंकको ३ दशमलव ९ प्रतिशत, प्रभु बैंकको २५ दशमलव १४ प्रतिशत, कुमारी बैंकको १० दशमलव १९ प्रतिशत र नेपाल बंगलादेश बैंकको २७ दशमलव ९३ प्रतिशतले नाफा घटेको छ । समीक्षा अवधिमा सिभिल बैंकको नाफामा उच्च वृद्धि देखिएको छ । उक्त बैंकको नाफा २०१ प्रतिशतले बढेको देखिन्छ । गत आवको समीक्षा अवधिमा ९ करोड ६६ लाख खुद नाफा कमाएको यस बैंकले अहिले रू. २९ करोड १८ लाख खुद नाफा कमाएको छ ।

एनआईसी एशिया बैंक : कम्पनी विश्लेषण (सोमवार, ७ भदौ २०७८)

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म एनआईसी एशिया कम्पनीले रु. ३ अर्ब २५ करोड १० लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष रु. ३ अर्ब ९ करोड ८५ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष ४ दशमलव ९२ प्रतिशत बढी यो नाफा गरेको हो । यस अवधिसम्म कम्पनीले ८ दशमलव २१ प्रतिशत बढी रु. ४ अर्ब ७९ करोड ८८ लाखभन्दा बढी सञ्चालन नाफा गरेको छ । कम्पनीको वितरणयोग्य नाफा भने ३३ दशमलव ३८ प्रतिशत वृद्धि भई रु. १ अर्ब ९२ करोड १७ लाखभन्दा बढी रहेको छ । वितरणयोग्य नाफाको आधारमा कम्पनीको प्रतिफल १६ दशमलव ६२ प्रतिशत देखिएको छ । १९ प्रतिशत बोनस शेयर वितरण गरी रु. ११ अर्ब ५६ करोड ४० लाख ५ हजार चुक्ता पुँजी पु¥याएको कम्पनीको जगेडा कोष रकम रिटेन्ड अर्निङसहित २१ दशमलव ३१ प्रतिशत बढी रु. ९ अर्ब १२ करोड ७९ लाखभन्दा बढी कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रु. २८ दशमलव ११ र प्रतिशेयर नेटवर्थ रु. १७९ रहेको छ । कम्पनीको प्रतिशेयर मूल्य रु. ९६९ रहेको छ । निष्कर्ष कम्पनीको ६३ दिने कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा आगामी दिनमा कम्पनीको शेयर मूल्यमा बुलिसमा रिभर्स हुन सक्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४० दशमलव ९० बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १३ दशमलव १६ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । बिहीबारको शेयर मूल्य रु. ९६९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ९५६ मा टेवा पाउने र महँगिए रु. १ हजार १५ मा प्रतिरोध पाउने देखिन्छ ।