सिद्धार्थ बैंकको गत वर्षको खुद नाफा ९.९१ प्रतिशतले बढेर ३ अर्ब १९ करोड पुग्यो

सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७९/०८० को चौथो त्रैमाससम्म ३ अर्बभन्दा बढी खुद नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक प्रतिवेदनअनुसार गत असारसम्ममा खुद नाफा ९.९१ प्रतिशतले बढेर ३ अर्ब १९ करोड १ लाख रुपैयाँ पुगेको हो ।

सम्बन्धित सामग्री

खराब कर्जा बढेपछि घट्यो सिद्धार्थ बैंकको नाफा, अन्य सूचक कस्तो ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।  विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २६ दशमलव ३८ प्रतिशत घटेको छ । गत आवको दोस्रो त्रैमाससम्म रू. १ अर्ब ५७ करोड नाफा कमाएको कम्पनीले चालू आवको सोही अवधिमा रू. १ अर्ब १६ करोडमात्र कमाएको हो ।  चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेको र सञ्चालन नाफा घटेकोले नाफा घटेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा २७ प्रतिशत घटेको छ । त्यस्तै कम्पनीको निष्क्रिय कर्जा गत आवमा शून्य दशमलव ३७ प्रतिशत रहेकोमा चालू आवमा २ दशमलव ८७ प्रतिशत पुगेको छ ।  त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ३३ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ३ अर्ब खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा रू. ४ अर्बभन्दा माथि पुगेको छ । १२ दशमलव ५० प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. १४ अर्ब पुगेको छ । त्यस्तै कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म जगेडामा रू. ८ अर्ब ८२ करोड र रिटेन्ड अर्निङमा रू. ९ करोड ६५ लाख सञ्चित गरेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा प्रतिशेयर आम्दानी रू. २२ दशलमव ३३ रहेको कम्पनीको चालू आवमा रू. १६ दशमलव ५३ मा झरेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात १८ दशमलव ६० गुणा, तरलता अनुपात २५ दशमलव ४३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६३ दशमलव २९ रहेको छ ।

सिद्धार्थ बैंककाे खुद नाफा एक अर्बनजिक

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिद्धार्थ बैंक (एसबीएल)ले करिब एक अर्ब खुद नाफा गरेको छ । पहिलाे त्रैमासिक अपरिस्कृत वित्तीय विवरणअनुसार ९४ करोड ८७ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको हाे

सिद्धार्थ बैंक : कम्पनी विश्लेषण (आइतवार, २३ जेठ २०७८)

बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रु. २ अर्ब ६ करोड ५२ लाख ३८ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष बैंकको नाफा ५४ प्रतिशत बढी भएको हो । गत वर्ष सो अवधिसम्म रु. १५ करोड ३२ लाख १० हजार ऋणात्मक रहेको वितरणयोग्य नाफा यस वर्ष सुधारिएर रु. ८३ करोड १४ लाख ४९ हजार कायम भएको छ । यस वर्ष १२ प्रतिशत बोनस शेयर वितरण गरी बैंकले चुक्ता पुँजी रु. १० अर्ब ९६ करोड २२ लाख ९९ हजार पु¥याएको छ । जगेडा कोष रकम पनि ४४ दशमलव २५ प्रतिशत बढी रु. ८ अर्ब ९७ करोड ७२ लाख २२ हजार कायम भएको छ । गत वर्षभन्दा २३ दशमलव ४२ प्रतिशत बढी रु. १ खर्ब ७२ अर्ब ३१ करोडभन्दा बढी निक्षेप संकलन गरेको बैंकले २३ दशमलव ८६ प्रतिशत बढी रु. १ खर्ब ५३ अर्ब ५ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । प्रतिशेयर आम्दानी रु. २५ दशमलव २८ र प्रतिशेयर नेटवर्थ रु. १८१ दशमलव ८९ रहेको बैंकको बिहीबार अन्तिम शेयर मूल्य रु. ४६९ कायम भएको छ । निष्कर्ष कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो ओपनिङ मारुबोजू बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्यमा बढ्ने संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७४ दशमलव ३४ बिन्दुमा छ । यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ९ दशमलव ५१ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीबारको शेयर मूल्य रु. ४६९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ४४३ मा टेवा पाउने देखिन्छ । कम्पनीको यो मूल्य ५९ कारोबार दिनयताकै उच्च हो ।