सानिमामाई हाइड्रोपावरको खुद नाफा ४५ करोडभन्दा बढी

वैशाख २६, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सानिमामाई हाइड्रोपावर लिमिटेडले रू. ४५ करोडभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३३ करोड २२ लाखभन्दा बढी मात्र यो नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३५ दशमलव ४७ प्रतिशत बढी भएको हो । कम्पनीको विद्युत् विक्री आम्दानी यस वर्ष साढे ११ प्रतिशत बढी रू.७ करोड ४० लाखभन्दा बढी भएको छ भने वित्तीय आम्दानी करीब ३६९ प्रतिशत बढी रू. २ करोड ७३ लाख भएको छ ।  १० प्रतिशत बोनस शेयरमार्फत चुक्तापूँजी बढाएर रू. ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार कायम गरेको कम्पनीको रिटेन्ड अर्निङ करीब ३७ प्रतिशत बढी रू. ८२ करोड १३ लाख र अन्य जगेडा करीब ४४ प्रतिशत बढी रू. ६५ लाख कायम भएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १४ दशमलव ५७ र प्रतिशेयर नेटवर्थ रू. १२६ दशमलव ८० छ ।