बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौँडा अस्पताल अलग गर्न लागेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध सुरु गरेको छ । वर्तमान सरकारले अघिल्ला सरकारले ल्याएका योजनाहरू रोक्ने उद्देश्य अनुसार राजनीतिक प्रतिशोध राखेर स्वास्थ्य क्षेत्रमा पनि हस्तक्षेपकारी भूमिका सुरु गरेको भन्दै विरोध सुरु गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश ल्याएर हेटौँडा अस्पतालबाट प्रतिष्ठान अलग गराउने निर्णय ग