सरकारले हरेक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा स्वदेशी उत्पादन बढाई आत्मनिर्भर अर्थतन्त्र बनाउने र आयात प्रतिस्थापन गर्ने बताउँदै आएको छ । व्यवहारतः भने सरकारका नीति र योजनाको नतिजा त्यतीधेरै सन्तोषप्रद छैन । न्यूनतम आवश्यकता पूर्ति गर्ने खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीको आयातको आँकडाले उच्च छ ।