काठमाण्डाै – सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकारमा सहभागी दलहरूले उठाएका साझा विषयलाई समेटेर न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।न्यूनतम साझा कार्यक्रममा स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गर्ने, राष्ट्रिय पुँजीको विकास गर्ने र देशलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने उल्लेख छ । यसका लागि 'मेक इन नेपाल' अभियान सञ्चालन गर्ने, स्वदेशी कच्चा पदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुहरूको उत्पाद...