काठमाडौं – प्रदेश २ लाई ५ विकेटले पराजित गर्दै बागमती प्रदेशले प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ। कीर्तिपुरस्थित टियु मैदानमा प्रदेश २ ले दिएको १५५ रनको लक्ष्य बागमतीले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १५६ रनको बनायो। बागमतीका लागि ईशान पाण्डेले सर्वाधिक ३२ रन जोडे। यस्तै, लक्की कठायतले २८, […]