काठमाडौँ– गण्डकी प्रदेशलाई दुई विकेटले पराजित गर्दै प्रदेश २ ले प्रधानमन्त्री (पीएम) कप टी–२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ। मुलपानी क्रिकेट मैदानमा ११७ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले १८ ओभर एक ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो। सोमबार भएको आफ्नो पहिलो खेलमा प्रदेश २ बागमती प्रदेशसँग २४ रनले पराजित भएको थियो। […]