अखिल नेपाल फुटबल संघ (एन्फा)का तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको कार्यसमितिले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीलाई नेपाल सुपर लिग (एनएसएल) गर्न अनुमति दियो । शेर्पा नेतृत्वको कार्यसमितिले भदौ २४ गतेदेखि एनएसएल गर्न दिने निर्णय गरेको थियो । तर, असन्तुष्ट क्लबहरू एनएसएल गर्न नदिने पक्षमा थिए । नेपाली फुटबलमा नयाँ आयाम ल्याउने भन्दै सुरु भएको नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणमा सुरु हुन नपाउँदै विवादको घेरामा पर्यो । खेलाडी अनुबन्धको विषयमा विव