भैरहवा सेजका सबै प्लटमा उद्योग सञ्चालनका लागि सम्झौता

भैरहवा– देशमन रुग्ण तथा नेपाली बजारमा उत्पादन भएका र विदेशमा माग बढी भएका सामान उत्पादन गर्ने उद्योगहरूलाई प्रोत्साहन गर्न उद्देश्यले भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना भयो । मूलककै पहिलो निर्यातमुखी परियोजनाको रुपमा रहेको भैरहवा सेज ५२ बिघा क्षेत्रफलमा फैलिएको छ । सेजमा १४ सयदेखि ३७ सय वर्ग मिटरसम्मका ६८ वटा प्लट रहे पनि हाल […]

सम्बन्धित सामग्री

भैरहवा सेजमा आएनन् उद्योग

दुई वर्षअघि भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा सात वटा उद्योग सञ्चालनमा थिए । उद्योग बढ्दै जानुपर्ने साटो घटेर अहिले ६ वटा सञ्चालनमा छन् । उद्योगका निम्ति छुट्याइएका जमिनको अधिकांश प्लट व्यवसायीले सम्झौता गरिसकेका छन् । तर, फिल्डमा भने उद्योग स्थापना भएका छैनन् । उद्योग स्थापना गर्ने भनेर सम्झौता गरेका केही उद्योगी/व्यवसायी गुमनाम छन् ।

भरिँदै भैरहवा सेज

भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । यहाँ रहेका सबै ६८ वटै प्लटमा उद्योग स्थापना गर्न उद्योगीले सम्झौता गरेका छन् । सेजभित्र हाल सञ्चालन भइरहेका सातवटा उद्योगले १८ वटा प्लट उपयोग गरिरहेका छन् । बाँकी ५० वटा प्लटमा उद्योग स्थापनाका लागि आवेदन माग गरिएकोमा २६ उद्योग स्थापनाका लागि ५५ वटा प्लटका लागि आवेदन परेका हुन् ।

भैरहवा सेजका सबै प्लटहरूमा उद्योग स्थापना गर्ने सम्झौता

भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) मा बाँकी रहेका प्लटहरूमा उद्योग सञ्चालन गर्नको लागि सम्झौता भएको छ । ५२ बिगा क्षेत्रफलमा रहेको भैरहवा सेज निर्माण सुरु भएको १० वर्षपछि बल्ल पूर्णरुपमा उद्योग स्थापना गर्ने सम्झौता भएको हो । अब सेजका ६८ प्लटमा ३३ वटा उद्योग सञ्चालन हुने छन् । विगत दुई वर्षदेखि ७ वटा उद्योगहरू सञ्चालनमा आएको सेजमा पछिल्लो पटक विज्ञापन गर्दा नयाँ उद्योगीहरू थपिएका हुन् । दुई पटक विज्ञापन गर्दा २६ वटा उद्योगहरू आएको विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) कार्यका

नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल र भारत रेल सेवा सम्झौता संशोधनको स्वागत

असार २६, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल र भारत रेल सेवा सम्झौता संशोधनको स्वागत गरेको छ । महासंघले बहुप्रतिक्षित नेपाल र भारत बीचको रेल सेवा सम्झौतामा शंसोधन भई दुवै देशका सरकारकातर्फबाट हस्ताक्षरसमेत भएको भन्दै यो संशोधनसंगै अब सबै रेल सेवा प्रदायकले नेपालबाट भारतको समुद्री वन्दरगाहसम्म दुईतर्फि ढुवानी गर्न पाउने बताएको छ । साथै महासंघले यो संशोधनबाट दुवै देश बीचको व्यापार तथा पारवहन सम्बन्ध थप नयाँ उचाईमा पुग्ने पनि बताएको छ । महासंघले आफूले लामो समयदेखि उठाउँदै आएको माग संवोधन भएकोमा स्वागत गर्दै यसका लागि निरन्तर पहल गर्ने दुवै देशका सरकारलाई धन्यवादसमेत दिएको छ । महासंघले आफूले यो मुद्दालाई हरेक औपचारिक अनौपचारिक भेटवार्तामा लामो समयदेखि निरन्तर उठाउँदै आएको भन्दै शंसोधित सम्झौता अनुसार नेपाल लक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा पारवहनले वीरगञ्ज र विराटनगरदेखि कोलकाता/ हल्दियासम्म रेल सेवा दिन सक्ने पनि बताएको छ । हाल नेपालको वीरगंजसम्म रेल सेवा उपलव्ध भएकोमा विराटनगर, भैरहवा र इनरूवामा रेल सम्बद्ध पूर्वाधार तयार भएपश्चात रेल सेवा उपलव्ध हुने गरी र नेपाल भारत सीमानाका अन्य पारवहन विन्दू तथा द्विपक्षीय व्यापार नाकाहरूमा सहमतीका आधारमा रेल सेवा विस्तार हुँदै जाने सुविधाले नेपालको तेस्रो मुलुकसँगको व्यापारमा सहजता आउनुको साथै दुईपक्षीय व्यापार तथा पारवहनको सहजीकरणमा यसले महत्वपूर्ण भूमिका खेल्ने भन्दै महासंघले समग्रमा व्यापार लागत घटाउनुको साथै नेपालको अन्तरराष्ट्रिय व्यापारमा समेत महत्वपूर्ण सघाउ पुर्‍याउने बताएको छ । संशोधित सम्झौताबाट भारतका निजी रेल सेवा प्रदायकहरूले नेपालका लागि रेलबाट हुने ढुवानी सेवा दिन सक्ने व्यवस्था गरिएको  भन्दै महासंघले भारतमा रेल सेवा उपलव्ध गराईरहेका सवै अनुमति प्राप्त कार्गो ट्रेन अपरेटरहरूले नेपालकोे पारवहनका लागि हुने ढुवानीका लागि सेवा दिन सक्ने  र रेलबाट हुने कार्गो ढुवानीमा प्रतिस्पर्धा बढ्न गई लागत घट्ने तथा समय समेत बचत हुने पनि बताएको छ । त्यस्तै,  महासंघले संशोधित सम्झौता अनुसार यसअघि रेलको ढुवानी भाडा कोलकतामै तिर्नुपर्ने व्यवस्थामा संशोधन भई नेपाली बैंकिङ प्रणालीमार्फत रेल भाडा भुक्तानी गर्न सकिने व्यवस्था समेत रहेको बताएको छ । साथै उसले समग्रमा नेपाल र भारत बीचको रेल सेवा सम्झौतामा भएको संशोधनले नेपालको अन्तरराष्ट्रिय व्यापारमा निकै ठूलो परिवर्तन आउने भन्दै उक्त संशोधित सम्झौताको अक्षरशः पालनाका लागि  दुवै देशका सरकार समक्ष अनुरोध पनि गरेको छ ।

भैरहवा सेजमा नआएका उद्योगलाई सात दिनको म्याद थप

विशेष आर्थिक क्षेत्र प्राधिकरणले भैरहवा सेजमा उद्योग खोल्ने अनुमति लिएर पनि सञ्चालन प्रक्रियामा नआएकालाई ७ दिने अवधि थप गरेको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्टले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्रमा सञ्चालन सम्झौता गर्न नआए उद्योग दर्ता आवेदन नियम अनुसार खारेजी हुने बताए।

भैरहवा सेजमा वर्ष दिनभित्रै दर्जन उद्योग खुल्ने - Naya Patrika

सम्झौता गरेका १९ मध्ये ९ उद्योगले लिए अनुमति, केही थपिँदै भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा आगामी एक वर्षभित्र दर्जन उद्योग सञ्चालनमा आउने भएका छन् । सेजमा उद्योग सञ्चालनका लागि...पूरा पढ्नुहोस् »

भैरहवा सेजमा ११ उद्योगद्वारा सञ्चालन आवेदन

भैरहवास्थित विशेष आर्थिक क्षेत्रमा उद्योग सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएका कम्पनीहरूमध्ये निर्धारित समयभित्र झन्डै आधामात्र सम्पर्कमा आएका छन् । उद्योग स्थापनाका लागि प्रारम्भिक सम्झौता गरेका १९ मध्ये ११ उद्योगले मात्र सम्झौताका लागि आवेदन दिएको विशेष आर्थिक क्षेत्र विकास समितिले जानकारी दिएको छ । अन्य उद्योगका लागि पुनः १५ दिनको समय दिएर सम्झौतामा आउन सूचित गरिने जनाइएको छ ।

बिजुली पाउने भएपछि सेजका उद्योग सञ्चालन सम्झौता हुँदै

नेपाल विद्युत् प्राधिकरणले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) क्षेत्रमा विद्युत् उपलब्ध गराउने सुनिश्चित गरेपछि सेज व्यवस्थापनले उद्योगहरूलाई सञ्चालन सम्झौताका लागि बोलाउने भएको छ । १५ दिनभित्र सम्झौता गर्ने समयसीमा राख्दै सेज व्यवस्थापनले उद्योगहरूलाई सम्झौताका लागि सूचना जारी गर्न लागेको हो । भैरहवा सेजभित्र १९ उद्योगले यसअघि नै समझदारी गरिसकेका छन् भने अव सञ्चालन सम्झौता हुनेछ ।

बिजुली अभावले सेजमा उद्योग खोल्न ढिलाइ

एक वर्षभित्रै उद्योग स्थापना गर्नेगरी सम्झौता गरिएको भैरहवा सेजमा वर्षदिन बित्नै लाग्दा समेत उद्योग स्थापना प्रक्रिया सुरु हुन सकेको छैन । अन्य पूर्वाधार तथा ऐन तयार भएपनि सेजमा विद्युत् नहुँदा उद्योग स्थापना हुन नसकेको हो।