भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) मा बाँकी रहेका प्लटहरूमा उद्योग सञ्चालन गर्नको लागि सम्झौता भएको छ । ५२ बिगा क्षेत्रफलमा रहेको भैरहवा सेज निर्माण सुरु भएको १० वर्षपछि बल्ल पूर्णरुपमा उद्योग स्थापना गर्ने सम्झौता भएको हो । अब सेजका ६८ प्लटमा ३३ वटा उद्योग सञ्चालन हुने छन् । विगत दुई वर्षदेखि ७ वटा उद्योगहरू सञ्चालनमा आएको सेजमा पछिल्लो पटक विज्ञापन गर्दा नयाँ उद्योगीहरू थपिएका हुन् । दुई पटक विज्ञापन गर्दा २६ वटा उद्योगहरू आएको विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) कार्यका