भारतीय वायुसेना प्रमुख एयर चिफ मार्शल विआर चौधरीले वायुसेनालाई तुरुन्त नोटिस दिँदा छोटो समयका र गहन अभियानका लागि तयार हुनुपर्ने जिकिर गरेका छन् । इन्डियन एक्सप्रेसको रिपोर्टमा यसबारे जानकारी दिइएको छ ।साथै उनले छोटा युद्ध र पूर्वी लद्दाखमा झैँ लामो समयसम्मको तनावको स्थितिसँग जुध्नका लागि पनि सेनाको तयारी हुनुपर्ने बताएका छन् ।इन्डियन एक्सप्रेसका अनुसार बिहिबार लजिस्टिक्स व्यवस्थापनसँग सम्बन्धित एक सम्मेलनमा वायुसेना प्रमुखले भने, ‘हालको भूराजनीतिक अवस्थामा भारतीय वायुसेनाले तत