वरिष्ठ सैनिक अधिकृतहरु हिरासतमा, विद्रोहको आरोप

काठमाडौँ- नेपाली सेनाभित्र ‘प्रतिशोध’को संस्कृति फस्टाइरहेको अनुमान भइरहँदा तीन वरिष्ठ अधिकृतहरुबिरुद्ध ‘कोर्टमार्सल’ सुरु भएको छ। मेजर जनरल प्रेम शाही विगत एक महिनादेखि एकल हिरासतमा रही ‘कोर्टमार्सल’ प्रक्रिया सामना गरिरहेका छन् भने दुई दिनअघि कर्णेल महेन्द्रजंग शाही र लेफ्टिनेन्ट कुलदीप तिमिल्सिनालाई विद्रोहको षड्यन्त्रको आरोपमा हिरासतमा राखिएको छ। उनीहरुलाई सैन्य प्रहरीद्वारा गिरफ्तार गरेपछि कहाँ राखिएको छ, त्यसबारे […]

सम्बन्धित सामग्री

उपरथी शाहीमाथि सैनिक अनुशासन र संगठनविपरीत गतिविधि गरेको आरोप

काठमाडौं, पुस २० । सर्वोच्च अदालतको आदेशपछि नेपाली सेनाको जंगी अड्डामा हाजिर हुन गएका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरी गणले पक्राउ गरी हिरासतमा राखेको छ । जंगी अड्डाले पुस ४ गते मिति २०७९ पुस २० बाट निवृत्तिभरणमा अवकाश प्राप्त गर्नू भन्ने बेहोराको पत्र थमाएपछि शाही सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले पुस १३ मा पक्षमा […]

मलाई लगाएको आरोप पूर्वाग्रहको पराकाष्ठा !

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आफूलाई लगाइएको आरोप पूर्वाग्रहको पराकाष्ठा भएको बताएका छन् । उनले भने, ‘जे देखियो अहिले पूर्वाग्रहको पराकाष्ठा हो । सहमतिमा छानबिन समिति बन्यो । उहाँ (योगेश भट्टराई)ले आदेश जारी गर्नुभयो, फरमान जारी गर्नु । सैनिक नेतृत्व दोषी करार गर्नु भयो के यही हो लोकतन्त्र ? यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठ हो ।’ […]

हतियार चोरीको आरोप लागेका लबकुमार र सरोजलाई सैनिक अदालतद्वारा सफाइ

हतियार चोरीको आरोप लागेका दुई सैनिकले सफाइ पाएका छन् । २०७५ पुसमा नेपाली सेनाको चितवनस्थित गणबाट हराएको हतियारका सम्बन्धमा कैद भुक्तान गरिरहेका अमल्दार लबकुमार गुरुङ र सिपाही सरोज तामाङलाई सैनिक विशेष अदालतले सफाइ दिएको हो । यद्यपि दुवैलाई २०७५ चैतबाट लागू हुने गरी ३ वर्षका लागि पदोन्नति रोक्का गरिएको छ । यसका बावजुद पनि दुवै सैनिक साविककै पदमा पुनर्बहाली भएका छन् ।

फकल्याण्डको टापुमा खटिएका गोर्खा सैनिक माथि जातीय दुव्र्यवहार

काठमाडौं।फकल्याण्डको टापुमा खटिएका गोर्खा सैनिकमाथि जातीय दुव्र्यवहार गरेको आरोपमा एक जना बेलयाती सेना विरुद्ध मुद्दा चलेको छ।मुद्धा बेलायती सैनिक अदालतम चलेको हो। गोर्खा सैनिक प्रकाश राईमाथि बेलायती सैनिक केभिन गिब्सनले जातीय दुव्र्यवहार गरेको आरोप लगाइएको छ।बेलायती अखबार डेली मेलका अनुसार अहिले बैलायती सैनक अदालतमा उक्त मुद्दामा सुनवाई चलिरहेको छ। राईले गिब्सनमाथि पर्याप्त खाना नदिएको पनि आरोप लगाएका छन्।

चीनका गतिविधिबाट सैनिक चुनौति बढेको नेटोको आरोप

एजेन्सी। नेटोका नेताहरुले चीनले आफ्ना गतिविधिबाट गम्भीर सैन्य चुनौति प्रस्तुत गरेको आरोप लगाएका छन्। बेल्जियमको ब्रसेल्समा भएको बैठकमा नेताहरुले चीनका गतिविधिलाई प्रणालीगत चुनौति भएको बताएका छन्। उनीहरुले चीनले तीव्र गतिमा परमाणु क्षमता विस्तार गरिरहेको र आफ्ना सैनिकको आधुनिकीकरणमा अपारदर्शी रहेको उनीहरुको आरोप छ । नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले चीन सैन्य तथा प्राविधिक क्षमतामा नेटोको हाराहारीमा आइसकेको बताएका छन्।

लद्दाखमा फेरि चीन र भारतबीच तनाव, सैनिक नहटाउने पक्षमा चीन

एजेन्सी। लद्दाखको गोगरा-हर्ट स्प्रिङ्ग क्षेत्रमा चीन सन् २०२२ अप्रिलभन्दा पहिलाको अवस्थामा फर्कन नमानेपछि चीन र भारतबीच फेरि तनाब बढेको छ। केही महिनाअघि भारत र चीन उक्त क्षेत्रबाट आफ्ना सैनिक हटाउन सहमत भएका थिए तर पछिल्ला बैठकहरूमा चीनले गोगरा-हर्ट स्प्रिङ्ग क्षेत्रबाट पछि नहटेको भारतको आरोप छ। गत साता दुवै देशका उच्च सैनिक अधिकारीबीच १३ घण्टा लामो बैठक बसेको थियो।