नयाँ वर्षको दिन युक्रेनी आक्रमणमा परी ८९ रुसी सैनिक मारिए, फोनको प्रयोगलाई लिएर आरोप पत्यारोप

मस्को। रुसले नयाँ वर्ष २०२३को दिन युक्रेनको आक्रमणमा परी आफ्ना ८९सैनिक मारिएको स्वीकारेको छ। सैनिकले मोबाइल फोन प्रयोग गर्दा ठूलो क्षति भएको रुसले जनाएको छ। अहिले मोबाइल फोनको प्रयोगलाई लिएर रुसमा नेताहरु र सैन्य विशेषज्ञहरुबीच आरोप पत्यारोप चलिरहेको छ। मोबाइल फोन ट्रयाक गरेर युक्रेनले आक्रमण गर्दा ठूलो क्षति भएको रुसले स्वीकारेको छ। युक्रेनले भने ४००रुसी सैनिक मारिएको दाबी गरेको छ।