नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्बर-२ (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँले धर्मको नाममा राजनीति गर्नेहरूको दिन सकिएको बताएका छन् । मनहरी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता बानियाँले मनहरी, राक्कीराङ र कैलाशका चेपाङ, प्रजा र तामाङ समुदायका जनताको समृद्धिको दिन आएको बताए ।धर्म, राजतन्त्र र देश टुक्र्याउनेसँग मिलेर यो व्यवस्थाको अन्त्य गर्नेसँग ओलीले गठबन्धन गरेको भन्दै नेता बानियाँले शान्ति प्रक्रिया, संविधान र व्यवस्था बचाउन लोकतान्त्रिक बाम गठबन्धन