शुक्रबारबाट सुरु भएको नेकपा (एमाले)को विधान महाधिवेशनमा विभिन्न तीन दस्तावेजमाथिको समूहगत रिपोर्टिङ सकिएको छ । तेस्रो दिन आइतबार राजनीति, सांगठनिक र विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको मुगुका सांसद तथा केन्द्रीय सदस्य समेत रहेका मोहन बानियाँले जानकारी दिए ।उनका अनुसार बिहान प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका साथै जनवर्गीय संगठनका समूहका नेताले आ–आफ्नो समूहको छलफलको निष्कर्ष सुनाएका थिए । योसँगै समूहगत छलफलको रिपोर्टिङ सकिएको हो ।प्रदेश १ बाट देवराज घिमिरे, प्रदेश २ बाट ज्वाला