एमालेसँग मिल्ने कल्पना पनि गर्न सकिँदैन : नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलामा बोल्दै अध्यक्ष नेपालले ओलीबारे सकारात्मक हुने खालको कुनै पनि प्रचार नगर्न पार्टी पंक्तिलाई सचेत गराएका हुन् ।ओलीबारे पोजिटिभ हुने गरी प्रचार गरिए सह्य नहुने […]

सम्बन्धित सामग्री

रक्तदानको विश्व अभियान

(प्रस्तुत विचार लामो समयदेखि अमेरिकामा बस्दै आएका र हालै नेपाल भ्रमणमा आएका मैनालीसँग राष्ट्रिय समाचार समितिका आलेख प्रमुख कृष्ण अधिकारीले गरेको कुराकानीमा आधारित) काठमाडौँ, २३ माघ । रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्वेच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । नेपालमा बर्सेनि करिब तीन लाख युनिट रगत चाहिन्छ तर जहिल्यै अभावका समाचार आइरहेका […]

त्यो सम्पन्न अमेरिका, यो विपन्न नेपाल  : अमेरिकामा पनि छन् प्रशस्त मगन्ते

संयुक्त राज्य अमेरिका (यूएसए) विश्वको एक ठूलो, शक्तिशाली, विकसित र धनी राष्ट्र हो । करीब वर्षको एकपटक म यूएसएको भ्रमण गर्ने गर्छु । भ्रमणको उद्देश्य विशेषगरेर परिवारसँगको भेटघाटका लागि हुन्छ । यसपालिको भ्रमणमा मेरो बसाइ बोस्टनमा रह्यो ।  मेरो नातिको नाम आदि हो । म उसलाई विद्यालय लैजाने र ल्याउने गर्छु । विद्यालयको नजिकै कार मर्मत गर्ने व्यापारिक केन्द्र छ । उक्त केन्द्रमा धेरै मान्छे कार्यरत छन् । तीमध्ये एकजना कामदार बिहान बेलुका आदिलाई भेट्न चाहन्छ । त्यस्तैगरेर आदि पनि उसलाई भेट्न चाहन्छ । आदि उसलाई बिग जर्ज भन्ने गर्छ । जब आदिले उसलाई देख्छ मेरो साथ छोडेर उसलाई भेट्न दौडेर पुग्छ । दुवै अत्यन्त खुशी हुन्छन् । एकअर्काले फिस्ट बम्प गरेर हात मिलाउँछन् । विद्यालयबाट घर फर्कंदा आदि उसलाई भेट्न अत्यन्त उत्साहित हुन्छ । यसको कारण उसले आदिलाई क्यान्डी वा आइसक्रिम दिने गर्छ ।  तर, यो संयोग मात्र हो । ऊ सधंै आफ्नो काममा व्यस्त हुन्छ । जे होस् आदि र बिग जर्ज एकअर्काका मिल्ने साथीका रूपमा परिचित छन् । कहिलेकाहीँ बाटोमा जमैका प्लेनमा अवस्थित बोस्टन हाइ स्कूलअगाडिको खेल मैदानमा खेल्ने गर्छ । खेल मैदानमा अरू बच्चाबच्ची पनि हुन्छन् । त्यसैले आदि कहिलेकाहीँ त्यहाँ गएर खेल्न चाहन्छ । जे चाहन्छ, उसको इच्छा पुर्‍याउनु मेरो कर्तव्य हो । यसै सिलसिलामा अमेरिकी समाजको नजिकबाट अध्ययन गर्नेभन्दा पनि बाटोमा आउँदा जाँदाका दृश्यहरूको अवलोकन गर्ने मौका पाएँ जसको केही अंश तलका हरफमा प्रस्तुत गर्ने जमर्को गरेको छु । धनी मुलुकहरूमा धनी र गरीबको संसार नै फरक हुँदो रहेछ । गरीबहरू मगन्ते हुँदा रहेछन् भने धनीहरूको गल्फ क्लब, आफ्नै हवाईजहाज, याच आदि हुनेरहेछन् । सीमित आम्दानीमा निर्भर रहने मानिसहरूका लागि भने यी सबै सपना मात्र हुन् । खानकै लागि रेन्टुराँमा माग्न जानेको संख्या पनि अमेरिकामा प्रशस्त रहेछ ।  नातिको विद्यालयपछाडि एउटा चारओटा सटर भएको घर देखिन्छ । मानिसहरू कार सवारमा कुकुर लिएर आउने जाने गरेको दैनिक रूपले देखिरहन्थेँ । किन कुकुर त्यहाँ ल्याइन्छ लगिन्छ के हो त्यसको उद्देश्यको आदिबारेमा म अनभिज्ञ थिएँ । म जस्तै बच्चा विद्यालयमा लैजाने ल्याउने एक जना भलाद्मीसँग मैले प्रश्न गरेँ, उनले जवाफ दिए, यो घरमा कुकुरको रेखदेख गरिन्छ । अनि मलाई जानकारी भयो मानिसहरू काममा जानका लागि कुकुर रेखदेखका लागि पैसा तिरेर त्यहाँ ल्याउने लैजाने गर्दा रहेछन् । कुकुर हेर्नका लागि यो भवन भाडामा लिइएको रहेछ । कारमा कुकुर सवार गरेर ल्याउने मानिसहरूका लागि पर्याप्त पार्किङ नभएका कारण उनीहरू पालो पर्खेर बसिरहेका हुन्छन् । उनीहरू कुकुर हेर्ने मानिसलाई जिम्मा लगाउँछन् र आआफ्नो बाटो लाग्छन् । त्यस्तैगरेर तिनै मानिस बेलुका कुकुर लिन आउने गर्छन् । विद्यालयबाट नाति लिएर घर फर्कंदा बाटोको दायाँबायाँमा रहेको खाली चौरमा कुकुर लिएर वरिपरि बस्तीका धनी मानिसहरू कुकुरसँग भकुन्डो खेलेर रमाइरहेका हुन्छन् । अमेरिकाका सापेक्षित धनी मानिसहरूको यो एक प्रकारको जीवनशैली रहेछ भन्ने कुराको अनुमान लगाउन सकिन्छ । अझ धनाढ्य परिवार वा मानिसहरूको साथमा कुकुर त नहुने कुरै भएन । उनीहरूको जीवनशैली र रहनसहनका बारेमा कल्पनासम्म पनि गर्न सकिँदैन । नेपालमा पनि कुकुरका शौखिनहरू छन् तर यसरी कुकुरको हेरचाह गर्ने प्रवृत्ति भने छैन । बूढो भएपछि छाडिदिने र सार्वजनिक ठाउँमा कुकुरलाई डुलाउने बानी नेपालमा छ ।  धनी मुलुकहरूमा धनी र गरीबको संसार नै फरक हुँदो रहेछ । गरीबहरू मगन्ते हुँदा रहेछन् भने धनीहरूको गल्फ क्लब हुँदो रहेछ जहाँ धनाढ्यहरू खेल्ने गर्छन् । धनीहरूको आफ्नै हवाईजहाज, याच आदि छन् जसबाट उनीहरू यात्रा गरिरहेका हुन्छन् । तर, सीमित आम्दानीमा निर्भर रहने मानिसहरूका लागि भने यी सबै सपना मात्र हुन् । खानकै लागि रेन्टुराँमा माग्न जानेको संख्या पनि अमेरिकामा प्रशस्त रहेछ ।  नेपालजस्तो निर्धन मुलुकमा मानिसहरूको जीविकोपार्जनका लागि अवसरहरू सीमित हुन्छन् । मानिसहरूले गरिखाने ठाउँहरू जस्तै जग्गाजमीन, रोजगार आदिको अभाव हुन्छ । अर्थात् धेरै मानिस बेरोजगार हुन्छन् । फलस्वरूप मानिसहरूको जीविकोपार्जन मागेर हुने गर्छ । अधिकांश निर्धन मुलुकहरूमा गरीबी हुने हुनाले केही मानिस मागेर निर्वाह गरिरहेका हुन्छन् । सडकका दायाँबायाँका किनारहरू, सडक क्रसिङका ठाउँहरू, धार्मिक स्थलहरूमा गरीब र असहाय मानिसहरूको जीविकोपार्जन मागेर नै हुने गर्छ । यसो हुनुको कारण सबै मानिसहरूका लागि सामाजिक सुरक्षा भत्ता आदिको अभाव रहेको हुन्छ । तर, विकसित मुलुकहरूमा सामाजिक सुरक्षामा अधिकांश नागरिकलाई समेट्ने गरी प्रवाह गरिएको हुन्छ । तैपनि यसले सबै नागरिकलाई नसमेट्ने रहेछ क्यार । समेट्ने भए त सडकमा मगन्तेहरू नदेखिनुपर्ने हो ।  मेरो दैनिकीको क्रममा फुटपाथको कुनै एक कुनामा एक जना वृद्धा उभिएकी थिइन् । उनको नजिकबाट जाने आउने मानिसहरूको लावालस्कर नै थियो । सबैसँग पैसा मागिरहेकी थिइन् । जब म उनको नजिक पुगें उनले मसँग पनि एक कप कफी खानका लागि पैसा मागेकी थिइन् । तर, मसँग पैसा थिएन । अर्को कुनै दिन म केही आवश्यक सामान किनमेल गर्न जमइका प्लेनबाट रक्सबरीतर्फ गाडीमा गइरहेको थिएँ । जमइका प्लेन र रक्सबरीको बीचमा धेरै चौबाटा छन् । यसमध्ये कुनै एउटा चौबाटोमा म चढेको सवारीलगायत सबै त्यसतर्फ जाने सवारीसाधन रोकिएका थिए । बाटोमा ट्राफिक जाम थियो । दुईतीन जना काम गर्ने उमेरका मानिस प्रत्येक सवारीसाधनका शिशाका झ्याल–झ्यालबाट पैसा मागिरहेका थिए ।  कुनै एउटा कामको सिलसिलामा म क्यालिफोर्नियाको लस एन्जलस पुगेको थिएँ । त्यहाँ पनि घरविहीन मानिसहरू पर्याप्त हुँदा रहेछन् । यस प्रकारका मानिसहरूको छहारी आकाश नै रहेछ । मानिसहरू फुटपाथका रूखका फेदहरूमा खाने, बस्ने र सुत्ने दृश्यहरू देख्ने मौका पाएँ । सान्तमोनिकाको कुनै एउटा रूखको फेदमा खाना पकाउने, खाने र सुत्ने मानिसहरूको एउटा समूह नै देख्न सकिन्छ । यो अमेरिकाको एउटा शहरको मात्र दृश्य होइन । यस प्रकारका दृश्यहरू जुनसुकै शहरहरूमा पाउन वा देख्न सकिन्छ । यसको तात्पर्य के हो भने विश्वको धनाढ्य देश जहाँ सामाजिक सुरक्षाको व्यवस्था छ त्यहाँ पनि माग्ने र घरबारविहीन मानिसहरू पर्याप्त मात्रामा हुँदा रहेछन् । यस प्रकारका मानिसहरू अमेरिकामा हुन्छन् भन्ने कुरा मेरो मस्तिष्कमा थिएन । कल्पना थियो, अमेरिका सबैका लागि स्वर्ग हो । सबै मानिस धनी र घरबारयुक्त हुन्छन् भन्ने कल्पना झूटो सबित हुन पुग्यो । तर, कर्ममा दत्तचित्त भएर लागेकाहरू भने प्राय: सबै धनी नै हुने रहेछन् ।  लेखक अर्थशास्त्री हुन् ।

कांग्रेस बिनाको सरकारको कल्पना गर्न सकिँदैन : अध्यक्ष नेपाल

धनुषा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कांग्रेस बिनाको सरकारको कल्पना गर्न नसकिने बताउनुभएको छ । मेची—महाकाली समाजवादी जागरण अभियानको क्रममा जनकपुरधाम पुग्नुभएका पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेपालले बुधवार आयोजति कार्यक्रममा यस्तो बताउनुभएको हो । उहाँले अहिलेको संरचना र शक्ति सन्तुलन मिलाउन कांग्रेस अपरिहार्य भएको बताउनु भयो । उहाँले प्रधानमन्त्री को बन्ने भनेर कसैले […]

अदालतको अनास्था फैलाउने विषय कल्पना पनि गर्न सकिँदैन : अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतप्रति अनास्था फैलाउने विषय कल्पनासमेत गर्न नसकिने प्रस्ट पारेको छ । अख्तियारले मंगलबार पत्रकार सम्मेलन गरेर विशेष अदालतबाट मुद्दाको विपक्षमा भएका फैसलाप्रति असन्तुष्टि जनाएको थियो । त्यसको दुई दिनपछि नेपाल बार एसोसिएसनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अख्तियारको अभिव्यक्तिप्रति स्वतन्त्र न्यायापालिकाविरुद्ध भएको भन्दै ध्यानाकर्षण गराएको थियो ।

जबरालाई सर्वोच्चमा छिर्न नदिने बारको निर्णय

काठमाडौं : नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ।आज बिहान बसेको एशोसिएशनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको हो। बैठकपछि नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले भने, ‘यसअघि झैं हामीले सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्छौं, जबरा भित्र पस्ने कुरा कल्पना पनि गर्न सकिँदैन।’निलम्बित प्रधानन्यायाधीश जबराले शनिबार सर्वोच्च प्रशासनमा फोन गरेर आ

आर्थिक सहयोग लिँदा अनुचित शर्त स्वीकार गर्न सकिँदैन : माधव नेपाल

काठमाडाैं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्न नहुने बताएका छन्।बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले नेपाललाई कुनै पनि सैन्य गठबन्धनमा सामेल गराउने कुरा कल्पनासम्म गर्न नहुने बताएका हुन्।उनले नेपाललाई सैन्य गठबन्धनमा सामेल नगराउने राजनीतिक पार्टीहरूको अडान हुनुपर्ने र सरकार पनि सो अडानमा खुट्टा नकमाई अगाडि बढ्नुपर्ने बताए। उनले परराष्ट्र नीति र राष्ट्रिय

राजनीतिक इगोमा संसदलाई बन्धक बनाउन पाइँदैन : विश्वप्रकाश शर्मा

इलाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक इगो र आवेगमा संसदलाई बन्धक बनाउनु नहुने बताएका छन् । इलाम सदरमुकाममा नेपाल प्रेस युनियनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले भने, ‘मैले दुई दुई पटक विघटन गरेको संसद चल्न दिन्न भन्ने आवेग पूर्वप्रधानमन्त्री केपी ओलीमा देखिन्छ । यदि त्यस्तो हो भने स्थिरताको कल्पना गर्न सकिँदैन ।’ […] The post राजनीतिक इगोमा संसदलाई बन्धक बनाउन पाइँदैन : विश्वप्रकाश शर्मा appeared first on राजधानी राष्ट्रिय दैनिक.

कार्तिक ३० गतेलाई ‘राष्ट्रिय बैंक दिवस’ घोषणा गरौँ

कृष्णहरी बुढाथोकीविश्वमा सत्रौं शताब्दीदेखि नै शुरूवात भएको आधुनिक बैंकिङ प्रणाली नेपालमा भने २० औँ शताब्दीको मध्यपूर्व अर्थात १९९४ कार्तिक ३० गते नेपाल सरकार र निजी क्षेत्रको संयूक्त लगानीमा नेपाल बैंक लिमिटेडको स्थापना भइ शुरूवात भएको थियो । देशमा लामो समयसम्म एकतन्त्रिय शासन गर्न सबै कानुनी, सैनिक, राजनैतिक, आर्थिक, सामाजिक अस्त्र सस्त्र प्रयोग गर्दै गर्दा एकतन्त्रिय राणा शासनको करिब ९१ औ बर्षमा प्रवेश पश्चात नेपाल बैंक लिमिटेडको स्थापना गरि आर्थिक गतिविधिहरू अगाडी बढाउन तत्कालिन नेपाली शासक अग्रसर भएको सकारात्मक अनुमान गर्न सकिन्छ ।विश्व औद्योगिक क्रान्तिबाट सम्पन्नतातर्फ लम्किरहेको सन्दर्भमा नेपालको अर्थतन्त्रलाई पनि औद्योगिक विकासमार्फत सुसम्पन्न बनाउनुपर्छ भन्ने कुरा सायद शासकहरूले विश्वका आर्थिक गतिविधि हेरि महशुस गरे होलान् । र, यसकै परिणामस्वरूप नेपालमा विभिन्न उद्योग कलकारखानाहरूको स्थापना र विकास हुदै आर्थिक क्रियाकलापको विस्तार भएको देखिन्छ ।नेपाल बैंक लिमिटेडको १९औं बर्षको बैंकिङ सेवा पश्चात मात्र वि.स. २०१३ सालमा नेपाल राष्ट्र बैंक बैंकिङ प्रणालीलाई व्यवस्थित गर्न नियामक निकायको रूपमा स्थापना भयो । तत्पश्चात वि.स. २०२२ मा अर्थात नेपाल बैंक लिमिटेडको २८ औँ वर्षको एकल बैंकिङ सेवा पश्चात राष्ट्रिय वाणिज्य बैंकको स्थापना भएको र सो पश्चात विभिन्न उदेश्यले सरकारी लगानीका अन्य बैंकहरूको स्थापना हुँदै गएको पाइन्छ । नेपालले विश्व अर्थतन्त्रसँग एकाकार हुन र नीजि क्षेत्रको भूमिका बढोत्तरी गर्न वि.स. २०४० को दशकमा आर्थिक उदारिकरणको नीति अंगिकार गरेसँगै नीजि क्षेत्रसमेत बैंकिङ बजारमा तछाडमछाड गर्दै प्रवेश गर्याे ।यसरी वि.स. १९९४ सालमा नेपाल बैंक लिमिटेडले शुरूवात गरेको बैंकिङ प्रणाली हाल अत्यन्त प्रतिस्पर्धि, अत्याधिक गुणस्तरयूक्त, आधुनिक र प्रविधिमैत्री बनेको छ । नेपालको अर्थतन्त्रलाई द्रुततर मौद्रिकीकरण गर्दै जिवनशैली सहज र सरल बनाउन नेपाल बैंक लिमिटेड नाफामुखी दृष्टिकोणले मात्र होइन जनताको दुर्गम बस्तिहरूमा बैंकिङ सेवा पुर्याउनुपर्छ भनि सेवामुखी भावनालेसमेत सेवा विस्तारमा निरन्तर जुटिरहेको छ । जनताका घरदैलोमा पुगि वित्तीय साक्षारता अभिवृद्धि गर्दै बचत प्रोत्साहित गरि पूँजि निर्माण तथा परिचालनमा महत्वपूर्ण भूमिका नेपालको पहिलो बैंकले खेलिरहेको छ । नेपाल बैंक लिमिटेडले नेपालको पहिलो बैंकको रूपमा अन्य वाणिज्य बैंकहरूलाई समेत बैंकिङ प्रणालीको नेतृत्व गर्दै अत्याधुनिक बैंकिङ सेवामा समर्पित बनिरहेको छ । वर्तमान सन्दर्भमा १९० भन्दा बढि विभिन्न स्तरका बैंक तथा वित्तिय संस्थाहरूले नेपाली अर्थतन्त्रमा भूमिका निर्वाह गरिरहेका पाइन्छ । यस बीचमा आफुलाई परिपक्व बैंकिङ नेतृत्वको रूपमा स्थापित गर्दै विभिन्न बैंकिङ आरोह अवरोह पार गर्दै, आफै चुनौतिपूर्ण घडिबाट गुज्रिदै गर्दा समेत समग्र बैंकिङ प्रणालीलाई नै थप व्यवस्थित र चुस्त दुरूस्त, आधुनिक र सुरक्षित बन्न महान प्रेरणाको स्रोतको रूपमा समेत नेपाल बैंकले अहम भूमिका निवार्ह गरेको छ । यसर्थ, देशको आर्थिक क्रियाकलापको विस्तार तथा विकासमा नेपाल बैंकको योगदान अथाह र अवर्णनीय छ ।देशलाई समृद्ध बनाउन आर्थिक क्रियाकलापहरू चुस्त, पारदर्शी र अत्याधुनिक बन्नुपर्दछ । आर्थिक क्रियाकलापहरू अत्याधुनिक बनाउन बैकिंङ प्रणाली चुस्त दुरूस्त बन्नुपर्छ । बैंक अर्थतन्त्रको मेरूदण्ड हो । बैंक बिनाको विकास मात्र होइन मानवीय गतिविधीको कल्पना समेत गर्न सकिँदैन । हाम्रा हरेक काम क्रियाकलाप सबै आर्थिक स्रोतबाट नै संचालन हुने र त्यसको सहज, सुरक्षित र चुस्त कारोबार बैंकिङ प्रणालीबाटै हुने भएकोले बैंक अर्थतन्त्रको मात्र होइन व्यक्ति व्यक्तिको जिवनशैली नै बनिसकेको यथार्थता छ । नेपाल सरकारले गत वर्ष प्रत्येक नेपालीको बैंक खाता अभियान नै संचालन गरी सबै जन जनको बैंक खाता अपरिहार्य र अनिवार्य हुनुपर्दछ भन्ने महशुस गराएको सन्दर्भ यहाँ विशेष उल्लेखनिय छ । बैंकहरू आफैँ र नेपाल राष्ट्र बैंकले बैंकिङ साक्षरता अभियान संचालन गरि बैंकिङ कारोबारको महत्व दुरदराजमा समेत दर्शाइरहेका छन् । यसरी सबै नेपलीलाई बैंकिङ ं प्रणालीमा जोड्न सबै पक्ष र सिंगो राष्ट्रले समेत महत्व दिएको देखिन्छ ।यसै सन्दर्भमा रहेर बैंकिङ प्रणालीमा सबै व्यक्ति, कारोवारलाई जोडि नेपालको अर्थतन्त्रलाई मजबुत र विकसित बनाउन राष्ट्रिय अभियानको रूपमा, सबैमा बैंकको महत्व, बैंकिङ कारोबारको महत्व सुझाउन र बुझाउन नेपाल सरकारले राष्ट्रिय रूपमा बैंक दिवस मनाउन अपरिहार्य बनेको छ । नेपालले लिएको दुरदृष्टि ‘समृद्ध नेपाल सुखि नेपाली’ को नारालाई साकार बनाउन सबै क्षेत्र, तह तप्का, सबै जन आधुनिक बैंकिङ प्रणालीमा जोडिनुपर्छ । यसको लागि नेपाल सरकारले नेपालमा पहिलो बैंक स्थापना भएको दिन अर्थात कार्तिक ३० गतेलाई राष्ट्रिय बैंक दिवसको रूपमा घोषणा गरि बैंक दिवस प्रत्येक वर्ष मनाउनु आवश्यक देखिन्छ ।बैंक दिवसले बैंकिङ महत्व र यसको आयामलाई थप स्पष्ट र प्रखर बनाउँदै सबै क्षेत्र, तह तप्का, व्यक्ति, कारोवारलाई बैंकिङ प्रणालीमा ल्याइ नेपालमा आर्थिक अनुशासन अभिबृद्धि तथा आर्थिक क्रियाकलापको सकरात्मक विस्तार तथा विकासमा टेवा पुर्याउन सक्छ । त्यति मात्र होइन, आधुनिक स्मार्ट बैंकिङले भौतिक नगदरहित, सरल र सुरक्षित जीवन व्यवहारहरू थप समुन्नत बनाउन समेत महत्वपूर्ण भूमिका खेल्दछ भने अर्काेतिर निष्कृय रहेको बचत परिचालन भई अर्थतन्त्रमा सकारात्मक टेवा पुग्दछ ।बैंकलाई जीवनको महत्वपूर्ण सहयोगि मित्रको रूपमा समग्र अर्थतन्त्र र व्यक्ति विशेषले समेत अंगिकार गरेको सन्दर्भमा यसको महत्व, उपादेयिता, प्रयोगको सन्दर्भमा राष्ट्रिय रूपमा बहस तथा छलफल बढाउन समेत बैंक दिवसले भूमिका खेल्दछ । यसर्थ, विलम्व नगरि नेपाल सरकारले कार्तिक ३० गतेलाई राष्ट्रिय बैंक दिवस घोषणा गरि बैंकिङ प्रणाली, यसको थप विकास, प्रयोग, अर्थतन्त्रमा योगदान लगायत अन्य भूमिकाको सन्दर्भमा घनिभूत विचार विमर्श गरि मानव जीवनलाइ थप शुखि र खुशी बनाउन नेपाल सरकार अग्रसर बन्नुपर्दछ ।लेखक बुढाथोकी बैंक तथा वित्तीय संस्था राष्ट्रिय समितिको अध्यक्ष हुनुहुन्छ

वित्तीय पहुँच ग्रामीण विकासको मेरूदण्ड

गरीबी नेपालको प्रमुख चुनौती हो । यसलाई सरकारी नीति तथा कार्यक्रम एवं वार्षिक बजेटमा उच्च प्राथमिकता दिइएको पाइन्छ । कुल जनसंख्याको करीब ६० प्रतिशत जनता ग्रामीण क्षेत्रमा वसोवास गर्छन् भने झन्डै ६० प्रतिशत नै जनता कृषिक्षेत्रमा आश्रित रहेको पाइन्छ । वित्तीय पहुँचले ग्रामीण कर्जा विस्तार र ग्रामीणक्षेत्रको आर्थिक तथा सामाजिक विकासमा कोसेढुंगाका रूपमा कार्य गर्छ । विगतदेखि नै ग्रामीण कर्जाको पहुँच वृद्धिका लागी नेपाल सरकार र केन्द्रीय बैंक एवं अन्य वैंक तथा वित्तीय संस्थाले विभिन्न कर्जा कार्यक्रममार्फत पहल गर्दै आएका छन् । विगतमा प्राथमिकता क्षेत्र कर्जा, विपन्न वर्ग कर्जा, साना किसान विकास कार्यक्रम, ग्रामीण महिलाका लागि उत्पादन कर्जा कार्यक्रम, गरीबसँग बैंकिङलगायत कार्यक्रम सञ्चालन भए तापनि अपेक्षित उपलब्धि प्राप्त हुन सकेको थिएन । ग्रामीण विकासमा मूलतः लघुकर्जाको आवश्यकता पर्ने भएको हुँदा लघुवित्तको नै बढी योगदान छ भन्नुमा अत्युक्ति नहोला । हुन त सहकारी संस्थाहरूको पनि ग्रामीण क्षेत्रमा विकास भएको छ र अन्य वाणिज्य वैंक, विकास बैंक र वित्त कम्पनीहरूको पनि ग्रामीण कर्जामा मनग्य योगदान छ । त्यस्तै ग्रामीण विकास बैंकको स्थापना पनि ग्रामीण क्षेत्रको विकासकै लागि भएको हो जसको योगदानलाई अवमूल्यन गर्न सकिँदैन । वित्तीय पहुँच जति बढी हुन्छ उति नै ग्रामीण कर्जाको विस्तार भई ग्रामीण क्षेत्रको विकासमा उल्लेखनीय योगदान हन्छ तसर्थ वित्तीय पहुँचलाई ग्रामीण विकासको मेरूदण्ड भन्न सकिन्छ । बैंक तथा वित्तीय संस्थाहरूले उपलव्ब्ध गराउने सेवाहरू ग्रामीण क्षेत्रसम्म पुगेको अवस्था रहेकाले यस्ता सेवाहरू लिन सर्वसाधारण पनि अग्रसर भएर आउनुपर्छ । वित्तिय क्षेत्रले पनि वित्तीय साक्षरतामार्फत साहूमहाजन झैं चर्को ब्याजमा ऋण लिनु हुँदैन र सबै आर्थिक कारोबार बैंकमार्फत गर्नुपर्छ भन्नेतर्फ सर्वसाधारणलाई सचेत बनाउनुपर्छ । देशका समग्र राजनीतिक, आर्थिक, सामाजिक प्रणालीलगायत बैंकिङ क्षेत्र समेतले नीतिगत व्यवस्था, नारा र भाषणमा भन्दा पनि यसको कार्यान्वयनमा जोड दिन ढिला भइसकेको छ । वर्तमान अवस्थामा ग्रामीण विकासमा वित्तीय क्षेत्रको अहम् भूमिकालाई नकार्न सकिँदैन । कतिपय अवस्थामा विनाधितो कर्जा प्रवाह, कर्मचारी ग्रामीण क्षेत्रमा जान नमान्ने, सञ्चालन खर्च आम्दानीको तुलनामा बढी, कर्जा असुलीमा कठिनाइ, भौगोलिक विकटताको कारण सुपरिवेक्षण र अनुगमनमा कठिनाइ आदिले ग्रामीण कर्जा लागतको दृष्टिले बढी खर्चिलो छ भन्ने गरिन्छ । यो ठीक सही हो । स्मरण होस्, ग्रामीण विकास पद्धति आफैमा महँगो प्रणाली हो । ग्रामीण क्षेत्रमा वित्तीय संस्था पुग्दैमा ग्रामीण विकास हुँदैन । ग्रामीण क्षेत्रका जनतालाई सहज र सुलभ कर्जा जब्सम्म उपलब्ध गराउन सकिँदैन तबसम्म ग्रामीण विकास सम्भव छैन । नेपाल सरकार, राष्ट्र बैंक र नेपालका वित्तीय क्षेत्रले ग्रामीण विकासका लागि लघुकर्जाको नारा दिएको धेरै भयो । तर, पहुँचवाला बाहेक ग्रामीण क्षेत्रका वास्तविक जनताले अपेक्षित लाभ लिन सकेको अवस्था छैन । नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ को संशोधित विनियोजन विधयकले समेत आर्थिक वृद्धि ७ प्रतिशतको हाराहारीमा हुने महŒवाकांक्षी लक्ष्य राखेको छ । यो लक्ष्य प्राप्तिलाई सहजीकरण गर्न रोजगारी प्रवद्र्धन र उद्यमशीलता विकासका लागि वित्तीय साधनको परिचालनमा हालको मौद्रिक नीतिले समेत जोड दिएको छ । यसका साथै ब्याजदर स्थायित्व कायम गर्नेतर्फ मौद्रिक नीति केन्द्रित रहने उल्लेख भएको छ । तर, ग्रामीण विकासप्रति लक्षित परियोजनाको पूँजी संकलनको प्रमुख माध्यम पूँजीबजार अर्थात् शेयरबजार भएको हुँदा यसप्रति लक्षित राष्ट्र बैंकका पछिल्ला नीतिहरू निकै विवादास्पद बनेका छन् । उसकै कारण शेयरबजार निरन्तर ओरालो लागेको छ । यसबाट देशमा वित्तीय अस्थिरताको सम्भावना प्रबल हुँदै गएको छ । ब्याजदरमा आएको अस्थिरता, उत्पादनशील क्षेत्रमा कर्जाको गिरावट,  तरलताको अभाव, संस्थागत सुशासनको अभाव र वित्तीय साक्षरता एवं बैंक तथा वित्तिीय संस्थाको शहरकेन्द्रित प्रवृत्ति र निक्षेप तथा कर्जामा थोक व्यापारको बढ्दो प्रभावले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच हुन नसकेको सहजै बुझ्न कठिन हुँदैन । बैंक तथा वित्तीय संस्थाहरूले ग्रामीण क्षेत्रलाई बोझका रूपमा नभई अवसरका रूपमा लिई थप नीतिगत सुधार गरी अघि बढेमा उत्पादनशील क्षेत्रमा लगानी बढाउन सहज हुनेछ । गाउँघरको दैलोमा बैंक तथा वित्तीय संस्था आउनु भनेको आर्थिक क्रियाकलापमा वित्तीय स्रोतको आपूर्ति हुनु हो । बैंकको उपस्थितिले अवसर नै अवसर ल्याउने भएकाले त्यस्ता अवसरहरूको सदुपयोग हरेक व्यक्तिले गर्नुपर्छ । यसका लागि वित्तीय साक्षरता अति जरुरी छ । बैंक तथा वित्तीय संस्थाहरूको उपस्थितिले अनुत्पादक क्षेत्रमा लगानी गर्ने परम्परालाई निरुत्साहित गरी उत्पादनशील क्षेत्रमा कर्जा बढाउन र ग्रामीण क्षेत्रमा उपलब्ध उत्पादनको अवसरलाई प्रोत्साहन गर्न सहयोग पुर्‍याउँछ । ऋण लिई विदेश जानुभन्दा स्वदेशमा नै उद्यमशीलता विकासका लागि लगानी बढाउँदै उत्पादनशील क्षेत्रमा लगानी बढाउनु आजको खाँचो हो । नेपालमा कृषि, पर्यटन, ऊर्जा, घरेलु तथा साना उद्योगलगायतको राम्रो सम्भाव्यता हुँदा हुँदै आशातीत विकास नहुनु दुःखलाग्दो विषय हो । तसर्थ बैंक तथा वित्तीय संस्थाबाट सहज रूपमा प्राप्त हुने कर्जामार्फत आउँदा दिनमा आर्थिक उन्नति सम्भव छ । सर्वसाधारणको निक्षेपको सुरक्षामा ध्यान दिई बैंक तथा वित्तीय संस्थालाई अनुशासित, मितव्ययी बनाउँदै, वित्तीय पहुँचको वृद्धि र शहरकेन्द्रित व्यवसाय एवं अन्य बैंकिङ गतिविधिलाई गाउँघरसम्म पु¥याउने दृढ अठोटका साथ सञ्चालक, शेयरधनी तथा कर्मचारी र सबै सम्बन्धित सरोकारवाला निकाय लागेमा ग्रामीण विकास धेरै टाढा छैन र ग्रामीण विकासविना समृद्धि र सुखी नेपालीको कल्पना पनि गर्न सकिँदैन । लेखक बैंक तथा वित्तीय संस्थासम्बन्धी विज्ञ हुन् ।