काठमाडाैं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्न नहुने बताएका छन्।बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले नेपाललाई कुनै पनि सैन्य गठबन्धनमा सामेल गराउने कुरा कल्पनासम्म गर्न नहुने बताएका हुन्।उनले नेपाललाई सैन्य गठबन्धनमा सामेल नगराउने राजनीतिक पार्टीहरूको अडान हुनुपर्ने र सरकार पनि सो अडानमा खुट्टा नकमाई अगाडि बढ्नुपर्ने बताए। उनले परराष्ट्र नीति र राष्ट्रिय