कार्तिक ३० गतेलाई ‘राष्ट्रिय बैंक दिवस’ घोषणा गरौँ

कृष्णहरी बुढाथोकीविश्वमा सत्रौं शताब्दीदेखि नै शुरूवात भएको आधुनिक बैंकिङ प्रणाली नेपालमा भने २० औँ शताब्दीको मध्यपूर्व अर्थात १९९४ कार्तिक ३० गते नेपाल सरकार र निजी क्षेत्रको संयूक्त लगानीमा नेपाल बैंक लिमिटेडको स्थापना भइ शुरूवात भएको थियो । देशमा लामो समयसम्म एकतन्त्रिय शासन गर्न सबै कानुनी, सैनिक, राजनैतिक, आर्थिक, सामाजिक अस्त्र सस्त्र प्रयोग गर्दै गर्दा एकतन्त्रिय राणा शासनको करिब ९१ औ बर्षमा प्रवेश पश्चात नेपाल बैंक लिमिटेडको स्थापना गरि आर्थिक गतिविधिहरू अगाडी बढाउन तत्कालिन नेपाली शासक अग्रसर भएको सकारात्मक अनुमान गर्न सकिन्छ ।विश्व औद्योगिक क्रान्तिबाट सम्पन्नतातर्फ लम्किरहेको सन्दर्भमा नेपालको अर्थतन्त्रलाई पनि औद्योगिक विकासमार्फत सुसम्पन्न बनाउनुपर्छ भन्ने कुरा सायद शासकहरूले विश्वका आर्थिक गतिविधि हेरि महशुस गरे होलान् । र, यसकै परिणामस्वरूप नेपालमा विभिन्न उद्योग कलकारखानाहरूको स्थापना र विकास हुदै आर्थिक क्रियाकलापको विस्तार भएको देखिन्छ ।नेपाल बैंक लिमिटेडको १९औं बर्षको बैंकिङ सेवा पश्चात मात्र वि.स. २०१३ सालमा नेपाल राष्ट्र बैंक बैंकिङ प्रणालीलाई व्यवस्थित गर्न नियामक निकायको रूपमा स्थापना भयो । तत्पश्चात वि.स. २०२२ मा अर्थात नेपाल बैंक लिमिटेडको २८ औँ वर्षको एकल बैंकिङ सेवा पश्चात राष्ट्रिय वाणिज्य बैंकको स्थापना भएको र सो पश्चात विभिन्न उदेश्यले सरकारी लगानीका अन्य बैंकहरूको स्थापना हुँदै गएको पाइन्छ । नेपालले विश्व अर्थतन्त्रसँग एकाकार हुन र नीजि क्षेत्रको भूमिका बढोत्तरी गर्न वि.स. २०४० को दशकमा आर्थिक उदारिकरणको नीति अंगिकार गरेसँगै नीजि क्षेत्रसमेत बैंकिङ बजारमा तछाडमछाड गर्दै प्रवेश गर्याे ।यसरी वि.स. १९९४ सालमा नेपाल बैंक लिमिटेडले शुरूवात गरेको बैंकिङ प्रणाली हाल अत्यन्त प्रतिस्पर्धि, अत्याधिक गुणस्तरयूक्त, आधुनिक र प्रविधिमैत्री बनेको छ । नेपालको अर्थतन्त्रलाई द्रुततर मौद्रिकीकरण गर्दै जिवनशैली सहज र सरल बनाउन नेपाल बैंक लिमिटेड नाफामुखी दृष्टिकोणले मात्र होइन जनताको दुर्गम बस्तिहरूमा बैंकिङ सेवा पुर्याउनुपर्छ भनि सेवामुखी भावनालेसमेत सेवा विस्तारमा निरन्तर जुटिरहेको छ । जनताका घरदैलोमा पुगि वित्तीय साक्षारता अभिवृद्धि गर्दै बचत प्रोत्साहित गरि पूँजि निर्माण तथा परिचालनमा महत्वपूर्ण भूमिका नेपालको पहिलो बैंकले खेलिरहेको छ । नेपाल बैंक लिमिटेडले नेपालको पहिलो बैंकको रूपमा अन्य वाणिज्य बैंकहरूलाई समेत बैंकिङ प्रणालीको नेतृत्व गर्दै अत्याधुनिक बैंकिङ सेवामा समर्पित बनिरहेको छ । वर्तमान सन्दर्भमा १९० भन्दा बढि विभिन्न स्तरका बैंक तथा वित्तिय संस्थाहरूले नेपाली अर्थतन्त्रमा भूमिका निर्वाह गरिरहेका पाइन्छ । यस बीचमा आफुलाई परिपक्व बैंकिङ नेतृत्वको रूपमा स्थापित गर्दै विभिन्न बैंकिङ आरोह अवरोह पार गर्दै, आफै चुनौतिपूर्ण घडिबाट गुज्रिदै गर्दा समेत समग्र बैंकिङ प्रणालीलाई नै थप व्यवस्थित र चुस्त दुरूस्त, आधुनिक र सुरक्षित बन्न महान प्रेरणाको स्रोतको रूपमा समेत नेपाल बैंकले अहम भूमिका निवार्ह गरेको छ । यसर्थ, देशको आर्थिक क्रियाकलापको विस्तार तथा विकासमा नेपाल बैंकको योगदान अथाह र अवर्णनीय छ ।देशलाई समृद्ध बनाउन आर्थिक क्रियाकलापहरू चुस्त, पारदर्शी र अत्याधुनिक बन्नुपर्दछ । आर्थिक क्रियाकलापहरू अत्याधुनिक बनाउन बैकिंङ प्रणाली चुस्त दुरूस्त बन्नुपर्छ । बैंक अर्थतन्त्रको मेरूदण्ड हो । बैंक बिनाको विकास मात्र होइन मानवीय गतिविधीको कल्पना समेत गर्न सकिँदैन । हाम्रा हरेक काम क्रियाकलाप सबै आर्थिक स्रोतबाट नै संचालन हुने र त्यसको सहज, सुरक्षित र चुस्त कारोबार बैंकिङ प्रणालीबाटै हुने भएकोले बैंक अर्थतन्त्रको मात्र होइन व्यक्ति व्यक्तिको जिवनशैली नै बनिसकेको यथार्थता छ । नेपाल सरकारले गत वर्ष प्रत्येक नेपालीको बैंक खाता अभियान नै संचालन गरी सबै जन जनको बैंक खाता अपरिहार्य र अनिवार्य हुनुपर्दछ भन्ने महशुस गराएको सन्दर्भ यहाँ विशेष उल्लेखनिय छ । बैंकहरू आफैँ र नेपाल राष्ट्र बैंकले बैंकिङ साक्षरता अभियान संचालन गरि बैंकिङ कारोबारको महत्व दुरदराजमा समेत दर्शाइरहेका छन् । यसरी सबै नेपलीलाई बैंकिङ ं प्रणालीमा जोड्न सबै पक्ष र सिंगो राष्ट्रले समेत महत्व दिएको देखिन्छ ।यसै सन्दर्भमा रहेर बैंकिङ प्रणालीमा सबै व्यक्ति, कारोवारलाई जोडि नेपालको अर्थतन्त्रलाई मजबुत र विकसित बनाउन राष्ट्रिय अभियानको रूपमा, सबैमा बैंकको महत्व, बैंकिङ कारोबारको महत्व सुझाउन र बुझाउन नेपाल सरकारले राष्ट्रिय रूपमा बैंक दिवस मनाउन अपरिहार्य बनेको छ । नेपालले लिएको दुरदृष्टि ‘समृद्ध नेपाल सुखि नेपाली’ को नारालाई साकार बनाउन सबै क्षेत्र, तह तप्का, सबै जन आधुनिक बैंकिङ प्रणालीमा जोडिनुपर्छ । यसको लागि नेपाल सरकारले नेपालमा पहिलो बैंक स्थापना भएको दिन अर्थात कार्तिक ३० गतेलाई राष्ट्रिय बैंक दिवसको रूपमा घोषणा गरि बैंक दिवस प्रत्येक वर्ष मनाउनु आवश्यक देखिन्छ ।बैंक दिवसले बैंकिङ महत्व र यसको आयामलाई थप स्पष्ट र प्रखर बनाउँदै सबै क्षेत्र, तह तप्का, व्यक्ति, कारोवारलाई बैंकिङ प्रणालीमा ल्याइ नेपालमा आर्थिक अनुशासन अभिबृद्धि तथा आर्थिक क्रियाकलापको सकरात्मक विस्तार तथा विकासमा टेवा पुर्याउन सक्छ । त्यति मात्र होइन, आधुनिक स्मार्ट बैंकिङले भौतिक नगदरहित, सरल र सुरक्षित जीवन व्यवहारहरू थप समुन्नत बनाउन समेत महत्वपूर्ण भूमिका खेल्दछ भने अर्काेतिर निष्कृय रहेको बचत परिचालन भई अर्थतन्त्रमा सकारात्मक टेवा पुग्दछ ।बैंकलाई जीवनको महत्वपूर्ण सहयोगि मित्रको रूपमा समग्र अर्थतन्त्र र व्यक्ति विशेषले समेत अंगिकार गरेको सन्दर्भमा यसको महत्व, उपादेयिता, प्रयोगको सन्दर्भमा राष्ट्रिय रूपमा बहस तथा छलफल बढाउन समेत बैंक दिवसले भूमिका खेल्दछ । यसर्थ, विलम्व नगरि नेपाल सरकारले कार्तिक ३० गतेलाई राष्ट्रिय बैंक दिवस घोषणा गरि बैंकिङ प्रणाली, यसको थप विकास, प्रयोग, अर्थतन्त्रमा योगदान लगायत अन्य भूमिकाको सन्दर्भमा घनिभूत विचार विमर्श गरि मानव जीवनलाइ थप शुखि र खुशी बनाउन नेपाल सरकार अग्रसर बन्नुपर्दछ ।लेखक बुढाथोकी बैंक तथा वित्तीय संस्था राष्ट्रिय समितिको अध्यक्ष हुनुहुन्छ

सम्बन्धित सामग्री

‘भुलभुलैया ३’ मा कार्तिक आर्यनसँग तृप्ति डिमरीले रोमान्स गर्ने

काठमाडौं । कार्तिक आर्यन अभिनित हिन्दी फिल्म ‘भुलभुलैया २’ को व्यावसायिक सफलतापछि दर्शक यसको तेस्रो श्रृंखलालाई लिएर प्रतीक्षारत छन् । यो फिल्मबारे कार्तिक र निर्माताले जति कुरा गरेका छन्, यसले फ्यानमा उत्साह जगाएको छ । फिल्मको कास्टिङलाई लिएर एक खबर प्राप्त भएको छ, जुन दर्शकलाई हलसम्म तान्न पर्याप्त हुनसक्छ । हालै अक्षकुमार स्टार मौलिक ‘भुलभुलैया’की […]

कार्तिक नाचमा देखाइयो नृसिंह अवतारको गाथा

काठमाडौं : कार्तिक नाच शुरु भएको ८ औं दिन नृसिंह अवतारको गाथा प्रश्तुत गरिएको छ।मंसिर २ गतेबाट यस पटक शुरु भएको कार्तिक नाचमा शनिवार राति नृसिंह अवतार (हिरण्यकश्यपु वध) देखाइएको हो।   वि.स. १६९७ मा शुरु भएको ऐतिहासिक कार्तिक नाचमा भगवान विष्णुसँग सम्बन्धित १७ वटा धार्मिक कथाहरूसँग जोडिएको छ।यो ऐतिहासिक नाच पाटनका तत्कालीन राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरुहरू हरिवंश राजोपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहअनुसार तत्कालीन दरबार चोकभित्र रहेको भगवान श्रीकृष्णको मन्दिर निर्माण सम्पन्न भए

कार्तिक नाचमा देखाइयो नृसिंह अवतारको गाथा

काठमाडौं- कार्तिक नाच सुरु भएको ८ औं दिन नृसिंह अवतारको गाथा प्रस्तुत गरिएको छ। मंसिर २ गतेबाट यस पटक सुरु भएको कार्तिक नाचमा शनिवार राति नृसिंह अवतार (हिरण्यकश्यपु वध) देखाइएको हो। विसं १६९७ मा सुरु भएको ऐतिहासिक कार्तिक नाचमा भगवान विष्णुसँग सम्बन्धित १७ वटा धार्मिक कथाहरूसँग जोडिएको छ। यो ऐतिहासिक नाच पाटनका तत्कालीन राजा सिद्धिनरसिंह […]

‘शेहजादा’को ट्रेलरमा यस्तो एक्सनमा देखिए कार्तिक

एजेन्सी । भारतीय अभिनेता कार्तिक आर्यन अभिनित फिल्म ‘शहजादा’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक फिल्मको उक्त ट्रेलर एक्सन र मनोरञ्जनले भरिपूर्ण छ । फिल्मको ट्रेलरमा कार्तिक एक्सन अवतार देखिएका छन् । उनी एक्सन अवतारमा देखिएका यो पहिले पटक हो । फिल्ममा कार्तिक र अभिनेत्री कृति सेननको मुख्य भूमिका रहेको छ । निर्देशक रोहित धवनले […]

कार्तिक आर्यन अब निर्माता पनि

बलिउड अभिनेता कार्तिक आर्यन अब फिल्मका निर्माता बनेका छन्। उनले आफ्नै मुख्य भूमिका रहेको फिल्म ‘शेहजादा’ बाट निर्मातामा डेब्यू गर्न लागेका हुन। योजनाबद्ध नभई अप्रत्याशित रुपमा कार्तिक फिल्मको निर्माता बन्न पुगेको बताइएको छ। फिल्म ‘शेहजादा’ ले आर्थिक संकटको सामना गरिरहेको बेला कार्तिकले फिल्म अलपत्र नपरोस् भनेर लगानी गरेको बलिउड हंगामामा उल्लेख गरिएको…

के सारा र कार्तिक फेरि छन् डेटिङमा ?

एजेन्सी । भारतीय अभिनेत्री सारा अली खान र अभिनेता कार्तिक आर्यन फेरी प्रेम सम्बन्धमा रहेका छन् । उनीहरू फेरि प्रेम सम्बन्ध भएको खुलासा भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । फिल्म लभ आजकल २ फिल्मको छायांकन क्रममा उनीहरूबीच प्रेम सम्बन्ध गाँसिएको खबर बाहिरिएको थियो । केही समयपछि उनीहरूको ब्रेकअप भएको खबर पनि सार्वजनिक भयो । हालै उनीहरू […]

पाँचौं संस्करणको इपिएल कार्तिक हुने

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) आगमी कार्तिक अन्तिममा हुने भएको छ । इपिएल कार्तिक २६ देखि मंसिर १० (नोभेमबर १२ देखि २६) सम्म आयोजना हुने आयोजना हुने भएको छ । टि२० विश्वकप २०२२ आगमी अक्टोर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलिया हुँदैछ । विश्वकपको फाइनल अघि सुरु हुँदा ठूला स्टार […]

पाँचौं संस्करणको ईपीएल कार्तिक २६ गतेबाट

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको पाँचौं संस्करण आगामी कार्तिक २६ गतेबाट सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता कार्तिक २६ देखि मंसिर १० गतेसम्म आयोजना गर्न स्वीकृत दिएको हो ।ईपीएलका संस्थापक तथा सीईओ आमिर अख्तरले यो संस्करणको ईपीएल अघिल्ला वर्षहरुभन्दा निकै रोमाञ्चक हुने बताएका छन् । नेपाली क्रिकेटलाई बलियो बनाउने आधार नै ईपीएल भएकाले यसको बेग्लै महत्व भएको अख्तरले बताए ।यस्तै विश्वभरका दर्शक र पहुँच बनाउन ईपीएलको यस संस्करण मुख्य भारतीय टिभी नेटवर्क, पाकिस्तान, बंगलाद

फेरि विवादमा कार्तिक आर्यन

१३ माघ, काठमाडौं । बलिउड अभिनेता कार्तिक आर्यन फेरि एकपटक विवादमा परेका छन् । कार्तिक केही समयअघि निर्माता करण जोहरसँगको विवादका कारण चर्चामा थिए । करणले कार्तिकसँग अब काम नगर्ने निर्णय पनि लिइसकेका छन् । कार्तिकलाई अर्का एक निर्माताले पनि अव्यावसायिक भनेका छन् । कार्तिक साउथको चलचित्र ‘अला वैकुण्ठपुरमलो’को हिन्दी रिमेक ‘शहजादा’मा काम गर्ने तयारीमा […]

पत्रकारपछि अब ‘सहजादा’ बन्दै कार्तिक आर्यन

बलिउड अभिनेता कार्तिक आर्यन अहिले सबैभन्दा व्यस्त अभिनेतामध्ये एक हुन् ।  कार्तिकको आगामी चलचित्र ‘धमाका’ नोभेम्बर १९ मा रिलिज हुँदैछ । यसैबीच उनले अर्को चलचित्रको छायांकन पनि शुरू गरेका छन् ।  ‘धमाका’मा पत्रकारको भूमिका निभाएका कार्तिक अब ‘शहजादा’ बन्नका लागि तयार छन् ।   कार्तिक नयाँ चलचित्रको घोषणा गर्दै इन्स्टाग्राममा एउटा फोटो शेयर गरेका छन्, जसमा उनको अनुहार नदेखाएर पछाडिको भाग देखाइएको छ । तस्वीरमा कार्तिक आफ्नो हातमा एउटा बोर्ड समातेका छन्, जसमा लेखिएको ...