जबरालाई सर्वोच्चमा छिर्न नदिने बारको निर्णय

काठमाडौं : नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ।आज बिहान बसेको एशोसिएशनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको हो। बैठकपछि नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले भने, ‘यसअघि झैं हामीले सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्छौं, जबरा भित्र पस्ने कुरा कल्पना पनि गर्न सकिँदैन।’निलम्बित प्रधानन्यायाधीश जबराले शनिबार सर्वोच्च प्रशासनमा फोन गरेर आ

सम्बन्धित सामग्री

चोलेन्द्र सर्वोच्च फर्किन लागेपछि नेपाल बारको आकस्मिक बैठक

काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत फर्किन लागेपछि नेपाल बार एसोसियसनको आकस्मिक बैठक बसेको छ। बार अध्यक्ष गोपालकृष्ण घिमिरेले बारको अनौपचारिक रूपमा बैठक बसिरहेको जानकारी दिए । आफूलाई संघीय संसद् सचिवालयले महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएकाले बुधबारदेखि नै नियमित काममा फर्कन लागेको जबराले जानकारी गराएका छन् । सोही कारण सर्वोच्चमा अहिले सुरक्षा व्यवस्था […]

सर्वोच्चमा आज पनि बारको विरोध

काठमाडौं, २२ मंसिर । सर्वोच्च अदालत परिसरमा आज फेरी नेपाल बार एसोसिएशनले विरोध प्रदर्शन गरेको छ । प्रधानन्यायाधीश चोेलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले बुधबार सर्वोच्च परिसरमा विरोध प्रदर्शन गरेका हुन् । नेपाल बार एसोसिएसनसहित देशभरका कानून व्यवसायीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै गएको कार्तिक १४ गतेदेखि सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका छन् […]

न्यायाधीश र बारको बहिष्कारबीच जबरा सर्वोच्चमा

कोभिड भएर मंगलबारयता सर्वोच्चमा नगएका र बिदामा पनि नबसेका जबरा आइतबार गोला तान्ने समय छल्दै सर्वोच्च छिरे  कोरोनासँगै निमोनिया भएका कारण गत मंगलबारयता सर्वोच्चमा उपस्थित नभएका र बिदामा पनि नबसेका प्रधानन्यायाधीश...

बारको पाँचौँ चरणको आन्दोलन : सर्वोच्चमा धर्ना जारी

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज पाँचौँ चरणको आन्दोलन सुरु गरेको छ । सोमबार बसेको बारको कार्यसमिति बैठकले जबराविरुद्धको आन्दोलन यथावत् राख्ने निर्णय गरेसँगै बारले पाँचौँ चरणको आन्दोलन थालेको हो । पाँचौँ चरणको आन्दोलनमा धर्ना कार्यक्रमलाई यथावत् राख्ने र मंसिर १५ बाट पेसी व्यवस्थापनमा लागू हुन लागेको गोला […]

सर्वोच्चमा आजपनि बारको आन्दोलन जारी (तस्बिरमा हेर्नुहोस्)

काठमाडौं, ६ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कामप्रति असन्तुष्ट भएका कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा धर्ना दिन थालेपछि सुरक्षाको लागि अदालत परिसरमा खटाइएका दंगा प्रहरीलाई सोमबार हटाइएको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु आज बिहान १० बजदेखि हातमा कालो पट्टी बाँधेर धर्नामा बसेका हुन् । करीब एक महिनादेखि आन्दोलित कानुन व्यवसायीहरुले ब्यानरसहित आजपनि […]

प्रहरी हस्तक्षेप र बारको आक्रोशपछि सर्वोच्चमा देखिएको दृश्य [फोटोफिचर]

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेको छ । चरणबद्ध आन्दोलनमा रहेको बारले बिहीवार सर्वोच्च अदालत परिसरमै जबराको राजीनामा माग्दै आन्दोलन गरेको हो ।  बारको आह्वानमा वकिलहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेका हुन् । सर्वोच्च परिसरमा ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा देऊ’ भन्ने नारा लागेका छन् । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले अब प्रधानन्यायाधीशको राजीनामाले नपुग्ने, उनलाई पदच्युत गर्नुपर्ने बताए । बारको प्रदर्शनमा प्रहरीले ह...

प्रधानन्याधीश जबरालाई भेट्न बारको टोली सर्वोच्चमा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न नेपाल बार एसोसियसनको टोली सर्वोच्च अदालत पुगेको छ। प्रधानन्यायाधिशको भूमिका निष्पक्ष नभएको भन्दै प्रश्न उठिरहेका बेला बारको टोली सर्वोच्च पुगेको हो।

प्रधानन्यायाधीशलाई भेट्न बारको जम्बो टोली सर्वोच्चमा

कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको टोली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बीच भेट भएको छ । प्रधानन्यायाधीशलाई भेट्न बारको जम्बो टोली सर्वोच्च अदालतमा पुगेको छ । प्रधानन्यायाधीश र बारका प्रतिनिधि बीचमा छलफल शुरु भएको अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले रातोपाटीलाई बताए ।शुक्रबार बारले गोलाप्रथाबाट पेशी सूची तोक्ने समयसीमा सहितको प्रतिबद्धता जनाउन सर्वोच्च अदालतलाई १५ दिनको अल्टिमेटम दिएको थियो । सो प्रतिवद्धता खोज्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले प्रधान न्याय