अर्घाखाँचीमा पहिलो महिला सिडियाे

अर्घाखाँची । अर्घाखाँचीमा पहिलो महिला प्रमुख जिल्ला अधिकारीमा मिना अर्याल आउनुभएको छ । अर्घाखाँचीमा आएसँगै उहाँले संचारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा समेत गर्नुभएकाे हाे । शान्ति सुरक्षा र अपराध न्यूनीकरणसँगै सबैको समन्वयमा विकासको काममा सहयोग गर्नु नै आफ्नो पहिलो काम भएको उहाँले बताउनुभयो । सबै सरकारी कार्यालयको सेवा प्रवाहलाई चुस्त, सरल र नागरिकमैत्री बनाउने अर्को जिम्मेवारी भएको […]

सम्बन्धित सामग्री

अर्घाखाँचीमा सम्बन्धविच्छेदका २७३ मुद्दा दर्ता

अर्घाखाँची । जिल्ला अदालत अर्घाखाँचीमा आर्थिक वर्ष २०७९-८० मा सम्बन्धविच्छेदका २७३ मुद्दा दर्ता भएका छन् । जसमध्ये १५९ मुद्दा फैसला भएको कार्यालयका सूचना अधिकारी टेकराज गैरेले बताए । अब ११४ मुद्दा फैसला हुन बाँकी रहेको उनको भनाइ छ । यसअघि अधिकांश महिला सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्न आउने गरेकोमा अहिले पुरुष पनि आउने गरेका छन् । […] The post अर्घाखाँचीमा सम्बन्धविच्छेदका २७३ मुद्दा दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अर्घाखाँचीमा एकमात्र महिला उम्मेदवार

अर्घाखाँची । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको लागि अर्घाखाँचीमा एक जना मात्र महिलको उम्मेदवारी परेको छ । अर्घाखाँचीमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्य पदका लागि २५ जनाले उम्मेदवार दिएका छन । प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेस नेतृ पुष्पा भुसाल गौतमको एकमात्र महिलाको उम्मेदवारी परेको हो […] The post अर्घाखाँचीमा एकमात्र महिला उम्मेदवार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अर्घाखाँचीमा एकमात्र महिला उम्मेदवार

अर्घाखाँची – अर्घाखाँचीमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्य पदका लागि २५ जना उम्मेदवार रहे पनि महिला उम्मेदवार एक जनामात्र रहेकी छिन् । विभिन्न राजनितिक दल र स्वतन्त्र गरी २५ जना उम्मेदवार रहे पनि एक जनामात्र महिलालाई राजनीतिक दलले स्थान दिएका छन् ।   प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट पुष्पा भुसाल गौतमको एकमात्र महिलाको उम्मेदवारी परेको छ । अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्यका लागि ११,  प्रदेश सभा (क) का लागि सात र प्रदेश सभा (ख) का लागि सात जना उम्मेदवार रहेका मुख्य निर्वाचन अधिकृत...

अर्घाखाँचीमा एक वर्षमा ५९ जनाले गरे आत्महत्या

अर्घाखाँची । अर्घाखाँचीमा एक वर्षका ५९ जनाले हात्महत्या गरेका छन् । आर्थिक वर्ष २०७८/०७९ तथ्यांक अनुसार पुरुष ३८ महिला २१ जना गरि ५९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिनुभयो । आत्महत्या गर्नेमा ९ वर्षकी बालिकादेखि ९३ वर्षका पुरुष समेत रहेका छन् । आत्महत्याका कारण गरीबी,डिप्रेसन, लिनदेन, मायाप्रेम […]

अर्घाखाँचीमा गाउँमै नि:शुल्क अल्ट्रासाउन्ड, बाँगीका महिला खुशी

अर्घाखाँची - अर्घाखाँचीको मालारानी गाउँपालिका-५ बाँगीको स्वास्थ्य चौकीमा नि:शुल्क अल्ट्रासाउन्ड सेवा सुरु भएको छ । गाउँमै अल्ट्रासाउन्ड सेवा पाएपछि बाँगीका गर्भवती  महिलाहरु खुशी भएका छन् । गर्भवती महिलाहरुलाई अल्ट्रा साउन्ड गर्न घण्टौँ हिँडेर सदरमुकाम सन्धिखर्क जानु पर्ने बाध्यताको अन्त्य गर्न स्वास्थ्य चौकीमै अल्ट्रा साउन्ड सेवा सञ्चालन गरिएको मालारानी-५ बाँगीका वडा अध्यक्ष तिलक मिश्रले बताउनुभयो । गर्भमा रहेको बच्चाको अवस्था तथा आमाको स्वास्थ्य अवस्था बुझ्नका लागि अल्ट्रा साउन्ड अनिवार्य गर्नुपर्ने हुन्छ । गर्भवती आ...

नातिनीलाई यौन धन्दामा लगाउने  हजुर आमासहित दुई पक्राउ

अर्घाखाँचीमा गत जेठ १ गते देखि यता  एक युवकद्वारा पटक पटक बालिकालाई बलात्कारको शिकार बनाउनमा मुख्य सहयोगी ती बालिकाकी हजुर आमा नाता पर्ने  एक  महिला भएको प्रहरीले खुलासा गरेको छ ।सन्धिखर्क नगरपालिकाकी १४ बर्षीया बालिकालाई  सितगंगा नगरपालिका–१४ का २२ वर्षीय ओमप्रकाश न्यौपानेले त्यसरी पटक पटक बलात्कार गर्ने गरेको यहि असार ५ गते जाहेरी परेको थियो ।  तत्पश्चात ती  बालिकालाई  बलात्कार गराउनमा  हजुर आमा नाता पर्ने छिमेकी  ४० बर्षीया महिला नै मुख्य सहय

अर्घाखाँचीमा ९७ वर्षीय बृद्धद्वारा मतदान

अर्घाखाँची  - अर्घाखाँचीको सन्धिखर्क १० मा ९७ वर्षीय टोपबहादुर हमाल ठकुरीले मतदान गर्नुभएको छ । उहाँले बिहानै मतदान गर्नुभएको हो । अर्घाखाँचीमा महिला ८१ हजार ४ सय ४९ जना पुरुष मतदाता र ८२ हजार ३ सय ६६ जना महिला मतदाता गरी कुल १ लाख ६३ हजार ८ सय १५ जना मतदाता रहेका छन् । जिल्लामा ३ नगरपालिका र ३ गाउँपालिका गरी ६ वटा पालिकाका ६१ वटा वडाका जनप्रतिनिधिको लागि मतदान भइरहेको छ ।

अर्घाखाँचीमा भागरथी बलात्कार हत्याको विरोधमा सभा

बसन्त खड्का/अर्घाखाँची । बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको विरोधमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले चुत्राबेसीमा विरोधसभा सम्पन्न गरेको छ । राजमो अर्घाखाँचीको आयोजनामा माघ २६ गते चुत्राबेसीको भक्तिटोला चोकमा विरोध कार्यक्रम गरिएको हो । भागरथी भट्टको हत्यारा र बलात्कारीलाई जतिसक्दो छिटो कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै जनमोर्चाको देशव्यापी विरोध कार्यक्रमअन्तर्गत अर्घाखाँचीमा पनि विरोध कार्यक्रम गरिएको हो । विरोधसभामा बोल्दै राष्ट्रिय जनमोर्चा र्घाखाँचीका जिल्ला उपाध्यक्ष गोपाल पौडेलले भागरथीको बलात्कारी र हत्यारालाई छिटोभन्दा छिटो कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको थियो । त्यस्तै अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवरले हत्यारालाई कारबाहीको माग गर्दै गरिने प्रदर्शनमा हुने गरेको प्रहरी दमनको घोर विरोध गर्नुभएको थियो । कार्यक्रममा राजमोका पूर्व केन्द्रीय सदस्य शेरबहादुर बिसी, नेकपा (मसाल) अर्घाखाँचीका प्रवक्ता पशुपति ढकाल, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य कल्पना पोख्रेल, अखिल नेपाल युवक सङ्घका जिल्ला कोषाध्यक्ष बसन्त खड्कालगायतको उपस्थिति थियो ।

महिला कृषकहरु संगठित हुन आवश्यक : रेग्मी

अर्घाखाँची । अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले महिला किसान तथा उद्यमीहरु संगठित हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । अर्घाखाँचीमा अखिल नेपाल किसान महासङ्घको महिला विभागको बैठकलाई सम्बोधन गर्दै रेग्मीले आफ्नो हक हितका लागि महिला किसान तथा उद्योगी व्यसायीहरु संगठित हुनुपर्ने बताउनुभएको छ । अखिल नेपाल किसान महासंघले अहिले जिल्ला जिल्लामा महिला विभाग गठन गरिरहेको जानकारी दिँदै उहाँले विभागमा संगठित हुन आम महिलाहरुसँग आग्रह गर्नुभयो । हालै गठित किसान महासंघ, अर्घाखाँची महिला विभागको संयोजकमा कमला पराजुली रहनुभएको छ भने सहसंयोजक तुलसा बन्जाडे, सचिवमा सुन्दरा रायमाझी, कोषाध्यक्षमा निर्मला भट्टराई, सदस्यदस्यहरू माधवा बेलवासे, कमला सुनार, लक्ष्मी कुँवर, मीना रेश्मी रहनुभएको छ । तीन स्थान रिक्त रहेको छ । बैठकमा महासंघ अर्घाखाँची जिल्ला अध्यक्ष जीवनारायण खनाल, जिल्ला सचिव भीमलाल आचार्य, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय उपाध्यक्ष गोविन्द बिसी, नेकपा (मसाल) अर्घाखाँचीका प्रवक्ता पशुपति ढकालको पनि उपस्थिति रहेको थियो ।