अर्घाखाँची - अर्घाखाँचीको मालारानी गाउँपालिका-५ बाँगीको स्वास्थ्य चौकीमा नि:शुल्क अल्ट्रासाउन्ड सेवा सुरु भएको छ ।
गाउँमै अल्ट्रासाउन्ड सेवा पाएपछि बाँगीका गर्भवती महिलाहरु खुशी भएका छन् । गर्भवती महिलाहरुलाई अल्ट्रा साउन्ड गर्न घण्टौँ हिँडेर सदरमुकाम सन्धिखर्क जानु पर्ने बाध्यताको अन्त्य गर्न स्वास्थ्य चौकीमै अल्ट्रा साउन्ड सेवा सञ्चालन गरिएको मालारानी-५ बाँगीका वडा अध्यक्ष तिलक मिश्रले बताउनुभयो ।
गर्भमा रहेको बच्चाको अवस्था तथा आमाको स्वास्थ्य अवस्था बुझ्नका लागि अल्ट्रा साउन्ड अनिवार्य गर्नुपर्ने हुन्छ । गर्भवती आ...