काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको निधन भएको छ । कोभिड–१९ बाट संक्रमित उनको ६७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको हो ।संक्रमित भएपछि उनी नेपाल एपिएफ अस्पतालमा उपचाररत थिए । राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचनले नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीको नेतृत्वसमेत सम्हालेका थिए । उनी पछिल्लो समय मिडिया सञ्चालककै संस्था मिडिया अलाइन्सको उपाध्यक्ष थिए ।शेरचनका श्रीमती, तीन छोरा र एक छोरी छन् । उनको पार्थिव शरीरलाई बिहीबार बिहान ११ बजे प