नेपालमा ब्रेन डेथ ‘मस्तिष्क मृत्यु’ भएको मानिसको अङ्गबाट पुनर्जीवन पाउने पहिलो व्यक्ति हुन्, १९ वर्षीय मिलन श्रेष्ठ । सवारी दुर्घटनामा परी ब्रेन डेथ भएका सिन्धुलीका ३० वर्षीय गोविन्द भुजेलका दुबै मिर्गौला अन्य व्यक्तिमा प्रत्यारोपण गरिएको थियो ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले दिएको जानकारी अनुसार मिर्गौला प्रत्यारोपणका लागि पालो कुरिरहेका बिरामी मध्येबाट सुनसरीका ५१ वर्षीय गोविन्द तिमिल्सिना र लाजिम्पाट काठमाडौंका मिलन श्रेष्ठलाई सफल प्रत्यारोपण गरिएको थियो ।