शहीद धर्मभक्त राष्ट्र्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिइएकोत अंग प्रत्यारोपण भएका तीन जना शुक्रबार सकुशल डिस्चार्ज भएका छन् । १० दिनअघि मस्तिष्क मृत्यु भएका एक व्यक्तिबाट एक जनामा कलेजो र दुई जनामा मिर्गौला प्रत्यारोपित गरिएको थियो ।