भरपर्दो उपचार सेवा पाएपछि चौतारा अस्पतालमा बढ्यो बिरामीको चाप

सिन्धुपाल्चोकको सबैभन्दा ठूलो स्वास्थ्य संस्था चौतारा अस्पतालमा बिरामीको चाप बढेको छ । केही जटील रोगबाहेक सबै स्वास्थ्य समस्याको निदान र भरपर्दो उपचार पाउने भएकाले बिरामीको चाप बढेको हो । वर्ष दिनयता...

सम्बन्धित सामग्री

सुविधा बढाउँदै कर्णाली प्रदेश अस्पताल

वीरेन्द्रनगर । कर्णाली प्रदेश अस्पताल सुविधासम्पन्न बनाउन भौतिक पूर्वाधारसँगै सेवा पनि विस्तार गरिएको छ । पाँच सय शय्यासहितको अस्पताल बनाउन पूर्वाधार निर्माण गर्न थालिएको हो । पछिल्लो समय स्वास्थ्य सेवा विस्तारसँगै भौतिक पूर्वाधार विकासको काम पनि अघि बढाइएको छ । विशेषज्ञ चिकित्सकको व्यवस्था, भौतिक संरचना विस्तार, आधुनिक र प्रविधिमैत्री चिकित्सा उपकरणसहितको विशेषज्ञ चिकित्सकको व्यवस्था गरिने भएको छ । अस्पतालका निर्देशक डा. डम्मर खड्काले अस्पताललाई पाँच सय शय्याको बनाउने गरी भवनको तला थप गर्न लागिएको जानकारी दिए । तला थप गर्न प्रदेश सरकारले करीब रू. डेढ अर्ब बजेट छुट्ट्याएको छ । आगामी तीन वर्षमा निर्माण गरिसक्ने गरी काम अघि बढाउन लागिएको उनले उल्लेख गरे । भौतिक पूर्वाधार विकास सँगसँगै अस्पतालको स्वास्थ्य सेवामा पनि सुधार र विस्तार गरिँदै छ । अस्पताल आएका बिरामीलाई अन्यत्र स्वास्थ्य संस्थामा पठाउन नपर्नेगरी सुविधा विस्तार गर्न लागिएको छ । हालै मात्र अस्पतालले मिर्गाैला प्रत्यारोपण सेवा पनि सञ्चालनमा ल्याएको छ । यहाँ अहिलेसम्म मिर्गौला प्रत्यारोपणको सुविधा थिएन । मिर्गौला प्रत्यारोपण गर्नुपरेमा काठमाडौं नै जानुपर्ने बाध्यता रहेकोमा अब भने यस्तोे जटिल उपचार सेवा कर्णालीमै पाइने भएपछि बिरामीलाई निकै सहज हुने अपेक्षा गरिएको छ । यसैगरी अस्पतालले अप्थाल्मोलोजी, न्यूरो सर्जरी र स्पाइनल सर्जरी सेवा थप गरेको छ । अक्सिजन प्लान्टको व्यवस्थाका साथै पाइप लाइन जडान तथा सञ्चालन पनि हुँदै आएको छ । अस्पतालले रक्तसञ्चार सेवा सञ्चालन र खाना पकाउने सोलार सिस्टम जडान गर्न लागेको छ । यस वर्ष अस्पतालले ‘ख’ वर्गको एम्बुुलेन्स सञ्चालन र अस्पतालका कर्मचारीको ५० प्रतिशत स्वास्थ्य बीमा शुरू गरेको छ । त्यसैगरी अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गर्न पनि पहल भइरहेको छ । यसका लागि ‘सुर्खेत स्वास्थ्य विज्ञान प्रतिष्ठान’ ऐनको मस्यौदा तयार पारी सरोकारवालासँग छलफल गराइएको छ । सेवा विस्तारसँगै पछिल्लो समय अस्पतालमा बिरामीको चाप पनि बढेको छ । कर्णाली प्रदेशसँगै लुम्बिनी र सुदूरपश्चिमसहित भारतबाट समेत उपचारका लागि बिरामी आउने गरेकाले अस्पतालमा बिरामीको चाप बढ्न थालेको निर्देशक डा. खड्काले बताए । रासस

ताप्लेजुङ अस्पतालमा जनशक्तिसँगै पूर्वाधार अभाव, बिरामीलाई सास्ती

ताप्लेजुङ – जिल्ला अस्पताल ताप्लेजुङमा जनशक्ति, उपकरण र पूर्वाधार व्यवस्थापन नहुँदा बिरामीले सास्ती खेप्नुपरेको छ । बिरामीको चाप बढ्दै गएपछि उपलब्ध जनशक्ति र उपकरणबाट सेवा दिन समस्या भएको छ । अस्पतालबाट सेवा लिन सास्ती  जिल्ला अस्पतालबाट उपचार सेवा लिन सास्ती भएपछि बिरामीहरू झापा, धरान, विराटनगरलगायतका ठाउँ जानुपर्ने बाध्यता छ । सेवा लिन आउने बिरामीको अनुपातमा जनशक्तिसँगै पूर्वाधार अभाव हुँदा अपेक्षित सेवा प्रवाह गर्न गाह्रो भएको जिल्ला अस्पताल ताप्लेजुङका सूचना अधिकारी विजया राईले बताउनुभयो ।  ...

कोसी अस्पतालमा बिरामीको चाप

निजी अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको सेवा बन्द गरेपछि विराटनगरको कोसी अस्पतालमा बिरामीहरूको चाप बढेको छ। स्वास्थ्य केन्द्रहरूबाट सिफारिस ल्याउने अधिकांश बिरामीले विराटनगरस्थित नोवेल मेडिकल कलेज र विराट मेडिकल कलेजबाट उपचार सेवा लिने गरेका थिए। निजी क्षेत्रका अस्पतालले बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य बीमा सेवा बन्द गरेपछि त्यहाँका बिरामी कोसी अस्पतालमै जान थालेका छन्। यस क्षेत्रका अरू दुईवटा ठूला अस्पतालबाट सेवा लिइरहेका सर्वसाधारण कोसीमा जान थालेपछि अस्पतालमा चाप बढेको हो।

कोरोना संक्रमण घटेसँगै बढे अन्य रोगका बिरामी

काठमाडौं : कोरोना भाइरसको संक्रमण घटे भएसँगै यसअघि कोरोना संक्रमितको उपचार गर्दै आएका ठूला अस्पतालले कोभिडबाहेकका उपचार सेवा दिन शुरु गरेका छन्।संक्रमण घट्दै गएपछि अस्पतालमा अहिले अन्य रोगका बिरामीको चाप बढ्न जान थालेको छ।कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालले कोरोना संक्रमण कम हुँदै गएपछि नन्-कोभिड सेवा विस्तार गरेको छ। यसअघि कोरोनाको उपचारको लागि छुट्याइएको वीर अस्पतालको नयाँ सर्जिकल भवनबाट नन्-कोभिड सेवा दिन थालिएको छ।अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधि

कर्णाली प्रदेश अस्पताल :  बढ्दै बिरामी, थला पर्दै स्वास्थ्यकर्मी

सुर्खेत : कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसँगै कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बिरामीको चाप बढ्दै गएको छ। बिरामीलाई उपचार सेवा प्रदान गर्ने अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी नै थला पर्न थालेका छन्।विगत एक महिनाअघि दैनिक तीन, चार सय सेवाग्राही (बिरामी) आउने प्रदेश अस्पतालमा हाल ह्वात्तै बिरामीको संख्या बढेको छ।अस्पतालका अनुसार हाल दैनिक पाँचदेखि सात सय जनासम्म सेवाग्राही अस्पताल आउँछन् तर तिनै बिरामीलाई सेवा दिन बसेका स्वास्थ्यकर्मी नै कोरोना संक्रमित बन्न थालेपछि सेवा प्रवाहमा सक

आयुर्वेदमा बिरामीको चापः उपकरण नहुँदा सेवा प्रवाहमा समस्या

विराटनगरस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्न थालेको छ। बिरामीको चाप अनुसार आवश्यक स्वास्थ्य उपकरण र पर्याप्त पूर्वाधार नहुँदा बिरामीलाई उपचार सेवा दिन समस्या भएको छ।

धौलागिरि अस्पतालमा छैनन् दरबन्दीका चिकित्सक

कोरोना संक्रमणको दर घटेपछि जनजीवन सामान्य बन्दै छ । तर अस्पतालमा नियमित उपचारका लागि आउने बिरामीको चाप बढ्न थालेको छ । बिरामी बढ्न थाले पनि धौलागिरि अस्पतालमा नियमित उपचार सेवा दिन सक्ने अवस्था छैन ।

हेटौंडास्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको चाप

-सुरेश झा/पुरुषोत्तम सुवेदीवाग्मती प्रदेशको राजधानी हेटौंडास्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पछिल्लोपटक उपचार सेवा लिन आउने बिरामीको चाप बढ्दै गएको  छ । साथै उपचारबाट निको हुन थालेपछि आयुर्वेदप्रति जनविश्वास पनि बढेको पाइन्छ । कार्यालयको एक तथ्याङ्कअनुसार विगतका आर्थिक वर्षको तुलनामा आव २०७७–७८ मा आयुर्वेद स्वास्थ्य केन्द्रमा ११ हजार ७०० बिरामीले उपचार सेवा लिएका छन् । उक्त उपचारका क्रममा १७ वर्षभन्दा माथि उमेर समूहका बिरामीले अत्यधिक उपचार सेवा लिएको केन्द्र प्रमुख एवं ड

अस्पतालमा बिरामीको चाप कम

दोलखा सदरमुकाम चरीकोटमा रहेको पशुपति चौलगाईं स्मृति अस्पतालले शुल्क लिन थालेपछि बिरामीको चाप घट्न थालेको छ। अस्पतालले आर्थिक सङ्कट देखाउँदै गत माघ १ देखि सबै रोगका बिरामीलाई अनिवार्य टिकटलगायत सेवामा शुल्क लगाएपछि बिरामीको चाप घटेको हो। टिकटलगायतका अन्य सेवासमेत निःशुल्क हुँदा दैनिक करिब १५० जनाको हाराहारीका बिरामी उपचार गर्न आउने गरेका थिए। अहिले शुल्क निर्धारणपछि दैनिक ७० देखि ८० जना उपचार सेवा लिन आउने गरेको अस्पताल प्रशासनले जनाएको छ।