काठमाडौं : कोरोना भाइरसको संक्रमण घटे भएसँगै यसअघि कोरोना संक्रमितको उपचार गर्दै आएका ठूला अस्पतालले कोभिडबाहेकका उपचार सेवा दिन शुरु गरेका छन्।संक्रमण घट्दै गएपछि अस्पतालमा अहिले अन्य रोगका बिरामीको चाप बढ्न जान थालेको छ।कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालले कोरोना संक्रमण कम हुँदै गएपछि नन्-कोभिड सेवा विस्तार गरेको छ। यसअघि कोरोनाको उपचारको लागि छुट्याइएको वीर अस्पतालको नयाँ सर्जिकल भवनबाट नन्-कोभिड सेवा दिन थालिएको छ।अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधि