कर्णाली प्रदेश अस्पताल :  बढ्दै बिरामी, थला पर्दै स्वास्थ्यकर्मी

सुर्खेत : कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसँगै कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बिरामीको चाप बढ्दै गएको छ। बिरामीलाई उपचार सेवा प्रदान गर्ने अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी नै थला पर्न थालेका छन्।विगत एक महिनाअघि दैनिक तीन, चार सय सेवाग्राही (बिरामी) आउने प्रदेश अस्पतालमा हाल ह्वात्तै बिरामीको संख्या बढेको छ।अस्पतालका अनुसार हाल दैनिक पाँचदेखि सात सय जनासम्म सेवाग्राही अस्पताल आउँछन् तर तिनै बिरामीलाई सेवा दिन बसेका स्वास्थ्यकर्मी नै कोरोना संक्रमित बन्न थालेपछि सेवा प्रवाहमा सक

सम्बन्धित सामग्री

मिर्गौला प्रत्यारोपणका लागि अनुमति कुर्दै कर्णाली प्रदेश अस्पताल

सुर्खेत – स्वास्थ्य सेवा विभागबाट अनुमति पाए लगत्तै सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच गत चैत ११ गते सम्झौता भइसकेको छ । प्रदेश अस्पतालले ०७४ देखि डाइलाइसिस सेवा दिँदै आएको छ । मिर्गौला प्रत्यारोपण सेवाका लागि भौतिक […]

कर्णाली प्रदेश अस्पताल परिसरमा देखिएको एउटा दृश्य !

१९ चैत्र, सुर्खेत । सुर्खेतको कालागाउँस्थित कर्णाली प्रदेश अस्पताल परिसरको एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो । तस्वीरमा एउटा कुकुरले टाउकोविनाको बच्चाको शव च्यापेर अस्पताल परिसरमा हिँडिरहेको छ, जसलाई सबैले दारुण तथा हृदय विदारक दृश्य भनेका छन् । कुकुरले च्यापेको मृत बच्चा कसको हो ? कुकुरले कहाँबाट ल्यायो ? भन्ने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरी […]

बालिकाको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल तनावग्रस्त

कर्णाली प्रदेश अस्पताल सुर्खेतका डाक्टरहरुको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै पीडित पक्ष आन्दोलित भएका छन् । बालिका मृत्यु भएको विषयमा उचित छानविनको माग गर्दै पीडित पक्षले आन्दोलन गरेको हो । दैलेखको नारायण नगरपालिका –४ की पूजा कटुवालकी साढे २ वर्षकी छोरी (बालिका) कुसुम कटुवालको गएराती प्रदेश अस्पतालमा मृत्यु भएको थियो । खासै समस्या नभएकी उनको एक्कासि कसरी मृत्यु भयो पीडित परिवारले प्रश्न गरेका छन् । उनीहरुले घटनाको उचित छानविन हुनुपर्ने माग गरेका छन् ।पीडित पक्षले ओभरडोज औषध

कर्णाली प्रदेश अस्पतालले बढायो सेवा समय

कर्णाली – प्रदेश अस्पताल सुर्खेतले बिरामीको बढ्दो चापलाई ध्यानमा राखी सेवा समय बढाएको छ। अस्पताल प्रशासनले सार्वजनिक बिदाको दिनबाहेक बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म सेवा सञ्चालन गर्ने जनाएको छ। अस्पतालका प्रवक्ता डा विकास केसीले कुनै पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भनेर समयावधि बढाइएको बताए। बिरामीको अत्यधिक भीड हुने र समयाभावका कारण औषधोपचार सेवा […]

कर्णाली प्रदेश अस्पताल : बिरामीको संख्या घटेसँगै उपचारमा केही सहज

सुर्खेत । केही समयअघि कर्णाली प्रदेश अस्पताल कालागाउँमा कोरोनाभाइरस संक्रमित १० जनाको एकैदिन ज्यान गयो । त्यसअघि र पछि पनि अस्पतालमा प्राय ः कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन् ।प्रदेशकै ठुलो र सम्पन्न अस्पताल भएका कारण सुर्खेत जिल्लामात्र नभएर प्रदेशका अन्य जिल्लाबाट रिफर गरिएका गम्भीर समस्या भएका बिरामीलाई यही अस्पतालले हेर्नुपर्ने बाध्यता छ । कर्णालीका अन्य जिल्ला अस्पतालमा उपचार सम्भव नहुने भएपछि यही अस्पतालको मुख ताक्नुपर्ने अवस्था छ ।कोरोना संक्रमणका कारण गम्भीर समस्या भएका बिरामीलाई कर

कर्णाली प्रदेश अस्पताल संघ मातहत  जाँदैनःमुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई संघ मातहत जान नदिइने बताएका छन् ।   प्रदेश सरकारअन्तर्गतको प्रदेश अस्पताललाई संघीय सरकार मातहत लैजाने भनी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको समाचारले प्रदेश सरकारको ध्यानाकर्षण भएको बताउँदै उनले भने,  “यो संघीय सरकारको निर्णय होइन, यदि त्यसो हो भने त्यो अपरिपक्व निर्णय हो ।” मुख्यमन्त्री शाहीले अगाडि भने, “संघीय सरकार मातहत हुँदाको क्षेत्रीय अस्पताल सुर्खेतमा वार्षिक रु दुई करोड बजेट र ८३ जना...

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा अक्सिजनको अभाव

कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले कोभिड–१९ संक्रमणका बिरामीसहित अन्य बिरामीका उपचार नियमित रूपमा भइरहेको बताएका छन् । पछिल्लो समयमा नयाँ भेरियन्ट सहितको संक्रमणले अक्सिजन लिने वृद्धि हुँदा समस्या भइरहेका अवस्थामा पनि अन्य जटिल खालका बिरामीको पनि नियमित उपचार भइरहेको उनले जानकारी दिए । ‘हामीलाई दैनिक ३०० अक्सिजन सिलिन्डरको आवश्यकता पर्छ । शुरूका दिनमा २०० सिलिन्डर थियो,’ उनले भने, ‘पछिल्लो समयमा अक्सिजनको हाहाकार बन्दै गयो ।’  नेपालगञ्जबाट भरेर ल्याएका...

अक्सिजन अभाव : कर्णाली प्रदेश अस्पतालले कोरोनाका बिरामी भर्ना नलिने

कर्णाली प्रदेश अस्पताल सुर्खेतले अक्सिजनको अभाव भएको भन्दै कोरोनाका नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पतालले शुक्रबार साँझ सूचना निकालेर अक्सिजन अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने जनाएको हो । नेपालगन्जबाट...

कोभिडका नयाँ बिरामी भर्ना गर्न नसक्ने अवस्थामा पुग्यो कर्णाली प्रदेश अस्पताल

सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश अस्पताल पनि कोभिड–१९ संक्रमण भएका नयाँ बिरामी भर्ना गर्न नसक्ने अवस्थामा पुगेको छ।