कोसी अस्पतालमा बिरामीको चाप

निजी अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको सेवा बन्द गरेपछि विराटनगरको कोसी अस्पतालमा बिरामीहरूको चाप बढेको छ। स्वास्थ्य केन्द्रहरूबाट सिफारिस ल्याउने अधिकांश बिरामीले विराटनगरस्थित नोवेल मेडिकल कलेज र विराट मेडिकल कलेजबाट उपचार सेवा लिने गरेका थिए। निजी क्षेत्रका अस्पतालले बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य बीमा सेवा बन्द गरेपछि त्यहाँका बिरामी कोसी अस्पतालमै जान थालेका छन्। यस क्षेत्रका अरू दुईवटा ठूला अस्पतालबाट सेवा लिइरहेका सर्वसाधारण कोसीमा जान थालेपछि अस्पतालमा चाप बढेको हो।

सम्बन्धित सामग्री

अस्पतालमा बिरामीको चाप, बालबालिकामा ज्वरो र श्वास–प्रश्वासको समस्या

विराटनगरका अस्पतालमा ज्वरो, रुघाखोकी र श्वास फेर्न असजिलो हुने बिरामी बालबालिकाको चाप बढेको छ । अस्पतालमा दैनिकजसो यस्तो लक्षण भएका बिरामी बालबालिका भर्ना भए पनि यसको कारण भने खुलेको छैन । कोसी अस्पतालका बालरोग विशेषज्ञ डा. रामनारायण चौधरीका अनुसार दैनिक २५ जनाको सङ्ख्यामा बिरामी बालबालिका भर्ना हुने गरेका छन् । परीक्षण गर्न आउनेको सङ्ख्या त्योभन्दा तेब्बर छ । अभिभावकले लिएर आएका यस्ता बालबालिकामा समान प्रकृतिको लक्षण देखिएको छ ।

दुईदिने बिदाका कारण अस्पतालमा बिरामीको चाप

साताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयनको असर सरकारी अस्पतालमा परेको छ । शनिबार र आइतबार भएको सार्वजनिक बिदापछि सोमबार खुलेको कोसी अस्पताल विराटनगरमा बिहानैदेखि बिरामीको भीड लाग्दा उपचार र व्यवस्थापन लथालिङ्ग हुन पुगेको छ ।