बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्माले प्रदेश स्वास्थ्य सेवा अध्यादेश जारी गरेका छन् । बागमती प्रदेश सरकारको सिफारिसमा बुधबार प्रदेश प्रमुख शर्माले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् ।प्रदेश मन्त्रिपरिषद्को २७ भदौ २०७९ मा बसेको बैठकले अध्यादेश सिफारिस गरेको थियो । प्रदेश प्रमुख शर्माले बुधबार नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम जारी गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईँले जानकारी दिए ।अध्यादेशले प्रदेशभित्रको स्वास्थ्य