हेटौँडा। बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधान बमोजिम बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्बाट पारित भई आएको एक अध्यादेश बुधबार जारी गरेका छन्।
प्रदेश प्रमुख शर्माले जारी गरेको अध्यादेश प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ।