प्रहरीको लाठी चार्जबाट दुई प्रदर्शनकारी घाइते

कञ्चनपुर : अमेरिकी अनुदान सहयोग परियोजना एमसिसी प्रतिनिधिसभाबाट पारित भएको विरोधमा उत्रिएका नेकपा विप्लव समूहका कार्यकर्तामाथि प्रहरीले महेन्द्रनगरमा लाठी चार्ज गर्दा आज (सोमबार) २ जना घाइते भएका छन्। घाइते हुनेमा युवा संगठन कञ्चनपुरका उपाध्यक्ष दिपेन्द्र ऐरी र अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव हरिष ऐरी रहेका छन्।दुवै जनाको टाउकोमा चोट लागेको छ। घाइते दुवै जनाको महाकाली अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ। शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठी चार्ज गरी दमन गरेको विप्लव

सम्बन्धित सामग्री

पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १० को मृत्यु

एजेन्सी । पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ। पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउलाई लिएर मङ्गलबारदेखि जारी विरोधमा प्रदर्शनकारी र प्रहरीबीच देशका प्रमुख शहरमा झडपहरू भएका छन्। झडपमा परी कम्तीमा १० जनाको मृत्यु हुनुका साथै एक हजार ७५० भन्दा बढी घाइते भएका छन्। नाम नबताउने शर्तमा प्रहरी र अस्पतालका विभिन्न […]

फ्रान्सको राजधानी पेरिसमा हिंसा भड्कियो : प्रदर्शनकारी र प्रहरीबीच झडप

फ्रान्सको राजधानी पेरिसमा हिंसा भड्किएको छ । कुर्दिश समुदायले शुक्रवार भएको गोलीकाण्डमा आफ्नो समुदायका तीन नागरिकको ज्यान गएको विरोधमा प्रदर्शन गरेका छन् । कुर्दिश प्रदर्शनकारी र प्रहरीबीच हिजो दोस्रो दिन पनि झडपका घटना भएका छन् । प्रदर्शन रोक्ने क्रममा प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको छ । केही प्रदर्शनकारी घाइते भएका बीबीसीले जनाएको छ । पेरिसका प्रहरी प्रमुख लरेन्ट नुनेजले विरोध प्रदर्शन अचानक हिंसात्मक बनेको टिप्पणी गर्नुभएको छ । राजधानी पेरिसमा भेला भएका प्रदर्शनकारीले सरकारविरुद्ध नारा लगाएका थिए । उनीहर...

बर्दियामा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक जनाकाे मृत्यु, ११ घाइते

बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा वन्यजन्तु पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक जना युवतीकाे मृत्यु भएकाे छ। साेही झडप परी ११ जना घाइते भएका हुन् । मृत्यु हुनेमा मधुवन नगरपालिका-२ कि नविना चाैधरी रहेकी छन्। झपडका क्रममा प्रहरी नायव उपरीक्षक (डीएसपी) सहित सात प्रहरी, दुई सशस्त्र र दुई सर्वसाधारणगरि जम्मा ११ जना घाइते भएका […]

बर्दियाको मधुवनमा वन्यजन्तु पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप, केही घाइते

काठमाण्डाै – बर्दियाको मधुवन नगरपालिकामा आज साेमवार वन्यजन्तु पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपको क्रममा केही घाइते छन् ।  प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको स्थानीयवासीले बताएका छन् । मधुवनको ओराली बजारमा अहिले पनि प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले गुलरिया–राजापुर सडक खण्ड बन्द गरेका छन् ।  आज दिउँसो बाघको आक्रमणमा परि मधुवन नगरपालिका २ कि ४१ वर्षीया अस्मिता थारु घाइते भएपछि आक्रोशित स्थानीयवासीले प्रदर्शन गरेका हुन् । घर नजिकैको जङ्गलमा घाँस काट्न जाँदा थारुलाई बाघले आक्...

बानेश्वरमा झडप हुँदा १ जना प्रदर्शनकारी गम्भिर घाइते

मिलेनिय च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध प्रदर्शनको क्रममा झडप हुँदा एकजना प्रदर्शनकारी गम्भिर घाइते भएका छन् । टियर ग्याँस सेलले लागेर हेमराज अवस्थी घाइते भएका हुन् ।उनको टाउकोमा चोट लागेको छ । बानेश्वरस्थित एभरेष्ट नर्सिङ होमले उनलाई ट्रमा सेन्टरमा रिफर गरेको छ । उनको टाउकोमा चोट लागेको छ ।बानेश्वरबाट प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ । उच्छृङ्खल गतिविधि गर्ने १२ जनालाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले रातोपा

एमसीसीको विरोधमा भएको प्रदर्शनमा झडप, केही प्रदर्शनकारी घाइते

काठमाडौं । एमसीसीको विरोधमा भएको प्रदर्शनमा झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन् । बानेश्वरमा प्रदर्शनका क्रममा भएको झडपमा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरु घाइते भएका हुन् । विप्लव खड्का, सञ्जु राई, दिपक विष्ट, सुदर्शन मिश्र लगायत रहेका छन् ।घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको छ, अन्य केही सामान्य घाइते भएका छन् । घाइतेहरुको एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ ।

एमसीसी विरोधी प्रदर्शनकारी र प्रहरीबीच झडप (भिडियोसहित)

काठमाडौं–एमसीसी सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच काठमाडौंको बिजुलीबजारमा झडप भएको छ । एमसीसीको बिरोध गर्दै नयाँ बानेश्वरसम्म आउन लाग्दा प्रहरीले प्रदर्शनकारीलाई बिजुलीबजारमा रोकेको थियो । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुदा केहि प्रदर्शनकारी घाइते भएका छन् । एमसीसीको विरोधमा उत्रिएकाहरूले एमसीसी चाहिदैन, एमसीसी सम्झौता खारेज गर लगाएका नारा लगाएका थिए । एमसीसीको बिरोधमा […]

अष्ट्रेलियामा लकडाउनको विरोधमा प्रदर्शन, झडपमा प्रहरी र प्रदर्शनकारी घाइते

सिड्नी र मेलवर्नका सडकमा प्रदर्शन गरेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । झडपमा केही प्रहरी तथा प्रदर्शनकारी घाइते भएका छन् ।