ग्रामीण सडक खुलेनन्, खच्चरमार्फत खाद्यान्न ढुवानी

विनोदसिंह विष्ट, बैतडी ।  दशैंमा समेत अवरुद्ध रहेका बैतडीका ग्रामीण सडक पुनः अवरुद्ध भएका छन् । वर्षात्को समयदेखि बन्द रहेका ग्रामीण सडक दशैंमा पनि खुलेका थिएनन् । वर्षाका कारण गत हप्तादेखि फेरी यहाँका अधिकांश ग्रामीण कच्ची सडक अवरुद्ध भएका हुन् । असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म भएको अविरल वर्षाका कारण यहाँका ग्रामीण सडक अवरुद्ध […]

सम्बन्धित सामग्री

सम्झौता सकिँदा सडक निर्माण आधा मात्रै

पाँचथर । दुई वर्षअघि साउन ३० गते जिल्लाका तीन मुख्य ग्रामीण सडक कालोपत्रेको शिलान्यास हुँदा जिल्लाबासीमा सडकका कारण भोग्नुपरेको सास्ती चाँडै अन्त्य होला भन्ने लागेको थियो । संघीय संरचनाअनुसार पहिलो पटक प्रदेश सरकारले धमाधम आयोजना अगाडि बढाइरहेका कारण पूर्वाधारका अन्य आयोजना निर्माणसमेत सुरु हुने धेरैको अपेक्षा थियो । तामझामका साथ गरिएका शिलान्यास कार्यक्रममा बजेटको सुनिश्चितता भएकाले निर्माण व्यवसायीले छिटो काम सम्पन्न गरेर पुरस्कृतसमेत भए । यसका लागि समुदाय स्तरबाट पनि दबाब दिन सुझाइयो ।      शिलान्यास भएका आयोजना पूरा गर्ने अवधि समाप्त भइसक्दा निर्माण पूरा हुने कुनै छाँटकाँट छैन । बरु सडकमा विगतमा जस्तो दुःख थियो, त्यो अहिलेसम्म हटेको छैन । समयमा गन्तव्यमा पुग्न नसक्दा यात्रुले हैरानी बेहोरिरहेका छन् भने बिरामी  अस्पताल पुग्न सकिरहेका छैनन् । कृषि उपजले बजार पाउन सकेका छैनन् । खाद्यान्न ढुवानी गर्न पनि समस्या परिरहेको छ ।      ०७६ साउन ३० गते कालोपत्रको शिलान्यास गरिएको जिल्लाको कुम्मायक गाउँपालिका जोड्ने सरखण्डे–यासोक सडकमा ना२ख ९२३६ नम्बरको ट्रक फसेको दुई साता बित्यो । विस्तार गरिएको सडकको हिलो माटो र पानीको आहालमा फसेको ट्रक निकाल्न चालकले दुई दिनसम्म प्रयास गरे पनि सम्भव नभएपछि छाडेको स्थानीय बताउँछन् । निर्माण सम्झौताअनुसार यो सडक गत असार ३० गते नै निर्माण सम्पन्न भइसक्नुपर्थ्यो । पूर्वाधार विकास कार्यालयले लामा÷च्याङमिला जेभी काठमाडौंलाई निर्माणको ठेक्का लगाइएको छ । यो सडक निर्माणको भौतिक प्रगति जम्मा ४५ प्रतिशतमा सीमित छ ।      विकासमा धेरै आयोजना एकैसाथ सुरुआत हुँदा उत्साहित बनेका स्थानीयलाई समयमा निर्माण पूरा नहुने र पहिलेजस्तै दुःख भोग्नुपर्ने बाध्यताले सधैं सताइरहेको छ । सरखण्डे–यासोक ११.३१० किलोमिटरको सडकले जिल्लाको कुम्मायक र तुम्बेवा गाउँपालिकालाई सदरमुकाम फिदिमसँग जोड्छ । मुख्य सडक समय निर्माण सम्पन्न नहुँदा यासोक–फिदिम चल्ने सवारीसाधन कुम्मायक–४ तिङदेन तथा कुम्मायक–१ फिक्कलबाट जोडिएका शाखा सडक हुँदै गुड्ने गरेका छन् । शाखा सडकसमेत निरन्तरको वर्षा र पर्याप्त मर्मत अभावमा कठिन र जोखिमपूर्ण बनेका छन् । पूर्वाधार विकास कार्यालय पाँचथरका इञ्जिनियर टीकाराम लिम्बूका अनुसार विशेषतः कोभिड महामारीका कारण निर्माण अवरुद्ध हुँदा आयोजना समयमा पूरा हुन नसकेका हुन् । ‘हाम्रो कार्यालयबाट अगाडि बढाई म्याद सकिएका मुख्य तीन आयोजनाको म्याद ६ महिना थप भएको छ’, लिम्बूले भने, ‘बर्खा भए पनि काम अगाडि बढाउन भनिरहेका छौं ।’   स्रोत सुनिश्चित भएको भनी बहुवर्षीय ठेक्का लागे पनि आयोजनामा समयमा रकम निकासा नहुँदा ठेकेदारले विभिन्न बहाना बनाउन पाएका छन् । सबै सरकारी निकायले कोभिड–१९  महामारीविरुद्धका कार्यमा ध्यान केन्द्रित गर्दा ठेकेदारलाई हाइसञ्चो भएको छ । विगतमा जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाको अगुवाइमा धेरै आयोजनामा निर्माणको अवस्थादेखि गुणस्तरसमेतका विषयमा अनुगमन, निरीक्षण तथा निर्देशन हुने गरेको थियो । कोभिड–१९ पछि सबै निकाय त्यसतर्फ केन्द्रित हुँदा निर्माणका काम करिब ठप्प छन् । सडक निर्माणले अपेक्षित गति नलिँदा सबैले सास्ती बेहोर्नुपरेको र आफूहरुले निरन्तर दबाब सिर्जना गरिरहेको कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ सुनाउँछन् ।      सरखण्डे–यासोकसँगै शिलान्यास भएका सिवादोभान–लुम्फाबुङ सडकको भौतिक प्रगति ६५ प्रतिशत तथा फिदिम–फालोट सडकको फिदिम–सल्लेरी खण्डको भौतिक प्रगति ७० प्रतिशत रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । रासस