चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा बिस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण गरिएको बताउनुभयो । […]

सम्बन्धित सामग्री

बैंकमा साढे ६ खर्ब थुप्रिँदा पनि वित्तीय–बिमा क्षेत्रको वृद्धिदरमा सुधार

चालु आर्थिक वर्षमा वित्तीय र बिमा क्षेत्रको वृद्धिदर ७.८० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । अपेक्षित रूपमा कर्जा प्रवाह नहुँदा बैंक तथा वित्तीय संस्थामा करिब साढे ६ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएका बेला पनि वित्तीय तथा बिमा क्षेत्रको वृद्धिदरमा सुधार हुने देखिएको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमान प्रतिवेदनले औंल्याएको छ ।

वित्तीय तथा बिमा क्षेत्रको वृद्धि प्रक्षेपण ७.२९ प्रतिशत

वर्षका धेरैजसो महिनामा कर्जा प्रवाह नगरेकै अवस्थामा पनि राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा वित्तीय तथा बिमा क्षेत्रको वृद्धि ७.२९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षको तुलनामा यो प्रक्षेपण ०.४१ प्रतिशत विन्दुले बढी हो ।

थोक कर्जा प्रवाह गर्दा आधारदरमा दुई प्रतिशत विन्दु मात्र प्रिमियम थप गर्न पाइने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अब लघुवित्त वित्तीय संस्थालाई विपन्न वर्ग कर्जा अन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधार दरमा दुई प्रतिशत विन्दुसम्म मात्र प्रिमियम थप गर्न पाउने भएका छन् ।  बुधबार नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै चालु आर्थिक वर्षमा यस्तो कर्जा प्रवाह गर्दा आधारदरमा दुई प्रतिशत विन्दु मात्र...

१२ प्रतिशत मात्रै कर्जा प्रवाह गर्ने लक्ष्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशत कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा विस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण गरिएको बताए । गएको वर्ष कर्जा प्रवाह वृद्धिदर १९...

गत वर्षभन्दा आर्थिक वृद्धिदर बढ्छ : प्रधानमन्त्री देउवा [पूर्णपाठ]

प्रधानमन्त्री शेरबहादुर देउवाले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर वृद्धि हुने बताएका छन् । देशवासीको नाममा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विद्युत् उत्पादनमा भएको वृद्धि, आर्थिक एवम् सामाजिक क्रियाकलापमा भएको सुधार, निर्यातमा भएको बढोत्तरी, उच्च कर्जा प्रवाह र आयातमा भएको बढोत्तरीले आर्थिक वृद्धिदर गत वर्षको भन्दा वृद्धि हुने अनुमान रहेको बताएका हुन् ।

अर्धवार्षिक समीक्षा: वार्षिक लक्ष्यको ६० प्रतिशत कर्जा प्रवाह

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंक तथा वित्तीय संस्थाले ४ खर्ब २२ अर्ब रुपैयाँ थप कर्जा विस्तार गरेका छन् । यो राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि तय गरेको वार्षिक लक्ष्यको करिब ६० प्रतिशत हो । गत आर्थिक वर्षको ६ महिनासम्ममा वाणिज्य बैंकहरूले ३ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका थिए । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १९ प्रतिशतका दरले निजी क्षेत्रतर्फ कर्जा विस्तार गर्ने लक्ष्य राखेको थियो ।

चार महिनामै वार्षिक लक्ष्यको ५० प्रतिशत कर्जा प्रवाह

चालु आर्थिक वर्षको पहिलो चार महिनामै बैंक तथा वित्तीय संस्थाले करिब ३ खर्ब ८७ अर्ब रुपैयाँ थप कर्जा विस्तार गरेका छन् । यो राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि तय गरेको वार्षिक लक्ष्यको ४९ प्रतिशतभन्दा केही बढी हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १९ प्रतिशतका दरले निजी क्षेत्रतर्फ कर्जा विस्तार गर्ने लक्ष्य राखेको थियो । उक्त लक्ष्यको आधाभन्दा धेरै कर्जा बैंक तथा वित्तीय संस्थाले पहिलो चार महिनामै प्रवाह गरेका छन् ।

३४ प्रतिशतले बढ्यो निफ्राको खुद नाफा, यस्ता छन् बैंकले देखेको समस्या तथा चुनौती

चालु आर्थिक वर्ष ७८/७९ को पहिलो त्रैमासमा नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको खुद नाफा ३४.३७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १८ करोड १० लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षमा बैंकको खुद नाफा बढेर २४ करोड २० लाख पुगेको हो । बैंकको खुद ब्याज आम्दानी ४५ प्रतिशतले बढेर ४१ करोड ३५ लाख पुगेको छ । बैंकको संचालन मुनाफा ३४ करोड ५७ लाख रहेको छ । यस अवधिमा बैंकको निक्षेप १९.२६ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ५ हजार ३३ सय ३१ प्रतिशतले बढेर ४ अर्ब ९२ करोड पुगेको छ । बैंकले यस अवधिमा १९ करोड ६ लाख वितरणयोग्य मुनाफा भएको उल्लेख गरेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ४.८४ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ११३.२२ रुपैयाँ रहेको छ । बैंकले पहिलो त्रैमासमा लक्ष्य बढी प्रगति हासिल भएको जनाएको छ । यस्ता छन् बैंकले देखेका समस्या त्तहा चुनौती : क) आन्तरिक समस्या तथा चुनौती- पूर्वाधारका परियोजनाहरुको Pipeline | - सम्भाव्य सार्वजनिक तथा निजि पूर्वाधारका परियोजनाहरुमा लगानीको पहुँच विस्तार गर्न दिर्घकालीन प्रकृतीकोकम लागतको स्थिर पूँजीको प्राप्ती र परिचालन । - आयको विविधिकरण । ख) वाह्य समस्या र चुनौतीविश्वव्यापी रुपमा देखिएको कोभिड-१९ महामारीका कारण लगानी स्विकृत भएका पूर्वाधार परियोजनाहरुमा कर्जा प्रवाह, पूर्वाधारका परियोजनाहरुको प्रयाप्ततामा संकुचन र लगानिमा विविधिकरण ।बैंक तथा वित्तीय संस्था बीच तीव्र प्रतिष्पर्धा । ग) रणनीतिऋण उपकरण र निक्षेप मार्फत स्रोत संकलन एंव पूर्वाधारको सार्वजनिक र निजी परियोजनाहरुमा गरिने कर्जा लगानीमा विविधिकरण। - आयआर्जन गर्ने नयाँ क्षेत्रहरु विस्तार तथा ऋण उपकरण मार्फत लगानीको स्रोत परिचालनमा जोड। - सार्वजनिक निजि साझेदारी मार्फत प्रदेश र स्थानीय सरकारसहितको संलग्नतामा सार्वजनिक महत्वका पूर्वाधार को प्रवर्द्धन तथा विकासमा सहकार्य गर्ने र विभिन्न रणनितिक परियोजनामा लगानी गर्ने । - समग्र जोखिम व्यवस्थापनको आधारभत पक्षहरुलाई सवलिकरण गर्ने ।