लुम्बिनी राजधानी देउखुरीमा चहलपहल- गाउँपालिकाद्वारा भाडादर तय, सहयोग गर्ने दलहरूको प्रतिबद्धता

रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको देउखुरी उपत्यकामा संरचना निर्माण तथा मुख्यमन्त्री कार्यालय पुगेपछि चहलपहल बढेको छ । सोमबार राति बुटवलबाट सो क्षेत्रमा मुख्यमन्त्री कार्यालयको सबै सामान लगेपछि राप्ती टेक्निकल क्षेत्र वरपर चहलपहल बढेको हो । लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ई. छविलाल पोखरेलले संरचना निर्माण भइरहेको र केही तयारी भइसकेको बताइ […]

सम्बन्धित सामग्री

गठबन्धनलाई सहयोग गर्न नागरिक उन्मुक्तिलाई कांग्रेसको आग्रह

काठमाडौं– राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनलाई सहयोग गर्न नागरिक उन्मुक्ति पार्टीलाई आग्रह गरिएको छ। नेपाली कांग्रेस कैलाली जिल्ला पार्टी कार्यालय धनगढी बसेको गठबन्धन आवद्ध दलहरूको बैठकले सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्ति पार्टीलाई सहयोग गर्न आग्रह गरेको हो। बैठकले कैलाली जिल्लामा रहेका प्रदेश सांसद, नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षसँग प्रत्यक्ष सम्पर्क गरेर जिल्लामा […]

सुन छानबिनमा दलहरूको स्वार्थ

संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी काण्डको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै संसद् अवरुद्ध पारेपछि यसको बैठक साउन २२ गतेसम्मका लागि स्थगित गरिएको छ । सुन तस्करीमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ र झन्डै डेढ दर्जनलाई पक्राउ गरिसकेको छ । यति भइरहँदा पनि अहिले सुन तस्करी रोकिएको छ भन्ने विश्वास आमसर्वसाधारणमा छैन । किनकि सरकारले यस्तो अवस्था बनाउन सकेकै छैन । अहिलेसम्म सार्वजनिक भएका तथ्यहरूले सरकारी संयन्त्र तस्करहरूको जालोमा परेको र मुलुक निरीह रहेको देखाएको छ । राज्यसँग सुन पगाल्ने मेशिन एउटा मात्रै हुँदा तस्करहरूसँग चारचारओटा यस्तो मेशिन हुनुले तस्करीको जालो कति ठूलो रहेछ भनेर सहजै अनुमान गर्न सकिन्छ ।  नेपाललाई सुन तस्करीको ट्रान्जिट बनाइएको यो घटना अन्तरराष्ट्रिय मुद्दा बनेको छ । यो तस्करीको पैसा कतै आतंकवादी क्रियाकलापमा प्रयोग भइरहेको त छैन भन्नेसम्मको प्रश्न उब्जिएको छ किनभने जसरी तस्करी गरिएको छ त्यो हेर्दा अर्बौं अर्बको तस्करी भइरहेको छ । राजस्व अनुसन्धान विभागले अनुसन्धान गर्दै गर्दा नयाँ नयाँ तथ्य फेला पारिरहेको छ । तर, उसको छानबिन प्रक्रियामाथि प्रश्न उठ्न थालेको छ ।  खासगरी सुन तस्करको आशंकामा समातिएका व्यक्तिहरूको सम्बन्ध सत्तारूढ दलको नेतृत्वसँग भएको तस्वीरहरू प्रकाशनमा आएका छन् । त्यसैले सरकारी छानबिनले सत्तारूढ दलका व्यक्तिलाई जोगाउने हो कि भन्ने आशंका उब्जाएको हो । अवैध सुन नियन्त्रणमा लिने काम पनि सरकारको प्रयासले भएको हो वा बाह्य शक्तिको दबाबमा भन्न सकिने अवस्था छैन । केही दिन पहिला क्यानडामा सम्पन्न सम्पत्ति शुद्धीकरण सम्पत्ति बैठकमा नेपालबाट भाग लिएका टोली फर्केलगत्तै सुनकाण्ड सार्वजनिक भएको हो । सरकारले यो काण्डलाई तार्किक निष्कर्षमा पुर्‍याउने हो वा होइन भन्नेबारे अझै आशंका रहे पनि अन्तरराष्ट्रिय समुदायलाई खैरो सूचीबाट बच्न देखाउनलाई भने गतिलो प्रमाण भएको छ ।  यदि सरकार र प्रतिपक्ष साँच्चिकै सुन तस्करलाई रोक्न चाहन्छन् भने निष्पक्ष छानबिनमा अवरोध होइन कि काम गर्नलाई सहयोग गर्नुपर्छ । किनकि यस्तोमा निष्पक्ष छानबिन अत्यन्त महत्त्वपूर्ण हुन्छ । यसो गर्दा विभागमाथि दबाब पनि पर्छ । संसदीय छानबिन समिति बनाएर अनुसन्धान गर्नुपर्ने माग केही सत्तापक्षका सांसदले पनि गरेका छन् । प्रतिपक्षले त संसद् नै अवरुद्ध पारेको छ । यस्तो संसदीय छानबिन समिति बनाउनु भनेको राज्यका कुनै एक अंगप्रति अर्को अंगले अविश्वास गर्नु हो । खासमा संसद्ले सरकारलाई अनुसन्धानमा हस्तक्षेप नगरोस् भनेर सचेत पार्नुपर्ने हो । तर, प्रतिपक्षले यसो गर्नभन्दा छानबिन समिति बनाउन दबाब दिएको छ । विगतको उदाहरण हेर्दा यस्तो संसदीय समितिले राम्रोसँग छानबिन गर्न सकेको देखिँदैन । अर्को, संसद्ले छानबिन गरे पनि थप प्रक्रियाका लागि राजस्व अनुसन्धान विभाग वा विशेष प्रहरी कुनै निकायमा नै पठाउनुपर्छ । यो तथ्य जान्दा जान्दै पनि छानबिन समितिको मागका नाममा संसद् नै अवरुद्ध पार्नुको अर्थ यसमा प्रतिपक्षी दलको पक्कै पनि अर्कै स्वार्थ छ भन्ने देखाउँछ । ऊ यो छानबिनलाई प्रभावित पारी विषयान्तर गर्न चाहन्छ भन्ने कुरा उसको अडानले संकेत गर्छ ।  सत्तापक्षका सांसदले पनि छानबिन समिति गठनको माग गरेका छन् । यसो भन्नुको अर्थ पनि यो काण्डलाई सही छानबिन गर्नुभन्दा अन्योलमा राख्ने चाहना हो भन्ने देखिन्छ ।

दलहरूको निर्णय पर्खिदै लोसपा

काठमाडौं, फागुन १२ ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूले राष्ट्रपतिको निर्वाचनको विषयमा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई सहयोग गर्ने विषयमा प्रमुख राजनीतिक दलहरूको औपचारिक धारणा पर्खेर बसेको जनाएको छ। यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई अघि सार्ने निर्णय गरेको लोसपाले गरेको छ। ‘हामीले अध्यक्षज्यूलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सार्ने निर्णय गरेका छौ। […]

निर्वाचन सुरक्षित, भयरहित र व्यवस्थित बनाउन राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन सुरक्षित, भयरहीत, व्यवस्थित र मर्यादित बनाउन राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।शुक्रबार राष्ट्रिय तथा जिल्लास्तरका पर्यवेक्षकहरूका लागि अन्तरक्रिया र अभिमूखीकरण कार्यक्रममा बोल्दै उनले संयमित भएर राजनीतिक दल र उम्मेदवारहरूले स्थानीय तह निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग गर्नुपर्नेमा जोड दिएका हुन् । उनले प्रचारप्रसारका सामग्रीहरू […]

देउवाको नेतृत्व र दलहरूको बृहत्तर सहमतिमा एमसीसी अनुमोदन हुन सक्योः डा. महत

काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सुझबुझ र परिपक्व नेतृत्वमा एमसीसी संसद्बाट अनुमोदन गर्न सफल भएको बताएका छन् । देउवाको नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता डा. महतले भने, “ढिलै भए पनि संसद्भित्रका अधिकांश पार्टी सहयोग […]

सत्तारुढ दलहरूको नयाँ समझदारी : एमसीसी पास हुने, गठबन्धन पनि जोगिने

१३ फागुन, काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी पार्टीले गठबन्धन जोगाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट सम्झौता अनुमोदन पनि हुन दिने बाटो रोजेका छन् । एमसीसीकै कारण गठबन्धन टुट्ने अवस्था आएपछि दुवै दल विपक्षमा मत दिने अडानबाट पछि हटेका हुन् । अब दुवै दलले एमसीसी अनुमोदनका लागि […]

गठबन्धनकै सहमतिमा एमसिसी टेबल भएको हो, अब पास हुन्छ : महत

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन दलहरूको सहमतिमै एमसिसी संसदमा टेबल भएको बताएका छन्।सत्तारुढ नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीले नेपाली कांग्रेसले सहमति नभइ जबरजस्ती संसद टेबुल गरेको अभिव्यक्ति दिइरहे पनि प्रवक्ता महतले सहमतिमै टेबल गरिएको बताएका हुन्। ‘उहाँहरुले एमसिसी टेबल गर्न सहयोग गर्नुभयो अब पास गर्न पनि सहयोग गर्नुहुन्छ भन्नेमा आशावादी छौं।’ उनले भने। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्त

एमसीसीबारे दलहरूको द्वैध चरित्रले देशलाई हित गर्दैन, अनुमोदन गरौँ : काँग्रेस

नेपाली काँग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा राजनीतिक दलहरूले द्वैध चरित्र देखाउन नहुने बताएको छ ।  सानेपास्थित पार्टी कार्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा नेता प्रकाशशरण महतले एमसीसीबारे राजनीतिक दलको द्वैध चरित्रले देशलाई हित नगर्ने बताए । एमसीसीसँग सबै राजनीतिक दल जोडिएको प्रसङ्ग उल्लेख गर्दै उनले एमसीसी देशको हितमा रहेको र यसबारे फैल्याएको निराधार हल्लाको पछि नलाग्न सबैमा आग्रह गर