काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन दलहरूको सहमतिमै एमसिसी संसदमा टेबल भएको बताएका छन्।सत्तारुढ नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीले नेपाली कांग्रेसले सहमति नभइ जबरजस्ती संसद टेबुल गरेको अभिव्यक्ति दिइरहे पनि प्रवक्ता महतले सहमतिमै टेबल गरिएको बताएका हुन्। ‘उहाँहरुले एमसिसी टेबल गर्न सहयोग गर्नुभयो अब पास गर्न पनि सहयोग गर्नुहुन्छ भन्नेमा आशावादी छौं।’ उनले भने। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्त