नेपाली काँग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा राजनीतिक दलहरूले द्वैध चरित्र देखाउन नहुने बताएको छ । सानेपास्थित पार्टी कार्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा नेता प्रकाशशरण महतले एमसीसीबारे राजनीतिक दलको द्वैध चरित्रले देशलाई हित नगर्ने बताए । एमसीसीसँग सबै राजनीतिक दल जोडिएको प्रसङ्ग उल्लेख गर्दै उनले एमसीसी देशको हितमा रहेको र यसबारे फैल्याएको निराधार हल्लाको पछि नलाग्न सबैमा आग्रह गर