राष्ट्रिय जनमोर्चाले ५ दलीय गठबन्धनबाट आफूहरुलाई अलग गर्ने प्रयत्न भइरहेको बताएको छ । गठबन्धनको बैठकमा समेत आफूहरुलाई सहभागी नगराइएको भन्दै जनमोर्चाले एमसीसी सम्बन्धी प्रस्ताव संसदमा टेबल गर्न गठबन्धनमा सहमति भएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।‘प्रतिगमनका विरुद्धको संघर्षको आवश्यकता महशुस गरेर नै पाँच दलीय गठबन्धन बनाइएको थियो । अहिले एमसीसीको प्रश्नमा गठबन्धनमा तीव्र मतभेद देखापरेको छ । तर त्यो मतभेदका कारणले गठबन्धन टुट्न हुँदैन भन्ने हाम्रो मत रहँदै आएको छ’, जनमोर्चाकी उप