राष्ट्रिय जनमोर्चा नेपालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर जबरामाथि लगाइएको महाभियोग निष्प्रभावी हुन नसक्ने बताएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार विज्ञप्ति जारी गर्दै जबरामाथिको महाभियोग प्रस्तावमा संघीय संसदका महासचिवले क्लिन चिट दिँदै सर्वोच्च अदालतलाई पठाएको पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।‘छानबिनको प्रतिवेदन प्रतिनिधिसभाको बैठकमा प्रस्तुत नगरी त्यसमाथि कुनै छलफल नै नगरी महाभियोग निष्प्रभावी गर्न मिल्दैन’जनमोर्चाले भनेको छ, &lsquo