दाङ । राष्ट्रिय जनमोर्चा बङ्गलाचुली गाउँपालिकाले पालिकाभित्रका सबै गाउँ र टोलटोलमा राष्ट्रिय जनमोर्चाका समिति बनाउने योजना बनाएको छ ।
पालिका अध्यक्ष सुमन घर्तीको अध्यक्षता र जिल्लाध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा बसेको बैठकले उक्त कार्यक्रमको तर्जुमा गरेको हो ।
सो कार्यक्रमअन्तर्गत बङ्गलाचुली–६ को रिभान, तिमिले, सिउडे, गद्दारी र वडा नम्बर ३ को दाङबाङमा भेटघाट तथा छलफल गरी नयाँ योजना तर्जुमा भएका राजमोका पालिका अध्यक्ष घर्तीले बताउनुभयो । उहाँका अनुसार पालिकाभित्रका विभिन्न समस्याका बारेमा पनि पार्टीले जनतालार्इ सुसूचित पार्ने काम गरिने भएको छ ।
त्यस्तै, वडा नम्बर ६ का सबै गाउँ चुनढुङ्गा उत्खननको नाममा पूरै खण्डहर र मरुभूमिजस्तो बनाइएकोमा त्यसबारेमा पनि राष्ट्रिय जनमोर्चाले जनतालाई सुसूचित गराउने सिलसिला यथावत राख्ने भएको छ ।