काठमाडौं, १६ फागुन । राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट अलग भएको छ । जनमोर्चाको आज बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको हो । बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले प्रेस विज्ञप्ति जारी गरी एमसीसी संसदबाट षड्यन्त्रमूलक ढंगले पास गरी देशको सार्वभामिकता र अखण्डतामाथि आँच पुर्याएकाले अलग भएको उल्लेख गरेका छन् । केसीले गठबन्धनको औचित्य समाप्त […]